सर्लाहीका द्वन्द्वपीडित बालबालिकाले मनाए सामूहिक होली

 चैत ६, २०७५ बुधबार २०:६:२९ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही - सर्लाहीको हरिवन नगरपालिका-१ घुर्कैलीका  द्वन्द्वपीडित बाल गृहका बालबालिकाले बुधबार सामुहिक होली मनाएका छन् ।

सामुहिक होली मनाउन सर्लाही क्षेत्र नम्बर १-क बाट निर्वाचित प्रदेश सांसद बेची लुङ्गेलीसहित नागरिक समाजका अगुवा, राजनीतिक दलका प्रतिनिधि,  सञ्चारकर्मी द्वन्द्वपीडित बालगृह घुर्कैली पुगेका थिए।

चेतना सन्देश नेपालले सञ्चालन गरेकाे द्वन्द्वपीडित बालगृहमा ४२ जना द्वन्द्वपीडित बालबालिका छन् । २०५९ सालमा स्थापित बालगृहमा बाबु-आमा गुमाएका टुहुरा बालबालिकाले अध्ययन गर्दै आएको संस्थाका अध्यक्ष सुरेन्द्र लामाले जानकारी दिनुभयो ।

बुधवार संस्थाले आयोजना गरेको होली कार्यक्रममा बालबालिकाहरुले एक आपसमा रङ, अबिर लगाएर रमाइलो गरेका थिए ।अभिभावक गुमाएर टुहुरा भएका बालबालिकालाई अभिभावक नभएको महसुस नहोस् भनेर यसरी प्रत्येक वर्ष फागुन पूर्णिमा तथा होलीको दिन यो पर्व मनाउँदै आएको संस्थाले जनाएको छ। 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया