विप्लव नेतृत्वको नेकपामा सक्रिय डाक्टर थापाले पार्टी छाडे

 चैत ७, २०७५ बिहिबार १४:४८:५८ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – विप्लव नेतृत्वको नेकपाका नेता डाक्टर शेरबहादुर थापाले पार्टी परित्याग गर्नु भएको छ ।

स्याङ्जा भीरकोट नगरपालिका—१,मा बस्दै आएका डाक्टर शेरबहादुर थापाले बिहीबार प्रेस विज्ञप्ति निकाल्दै विप्लव समूहबाट अलग भएको घोषणा गर्नु भएको हो ।

२०३७ सालदेखि विद्यार्थी राजनीतिमा लागेका थापा तत्कालीन एमालेसँग आबद्ध हुँदै पछि प्रचण्डले नेतृत्व गरेको नेकपा एकीकृत माओवादीमा रहेर काम गर्दै आउनु भएको थियो । एमाओवादी फुटेपछि वैद्य नेतृत्व माओवादी हुँदै विप्लव समूहमा आबद्ध डाक्टर थापा स्याङ्जाका राम्रा कम्युनिष्ट नेतामध्ये एक हुनुहुन्छ । 

भीरकोट नगरपालिका प्रमुख छाँयाराम खनाल र नगर प्रवक्ता दिपेन्द्र केसीसहितको रोहबरमा थापाले प्रेस विज्ञप्ति जारी गर्दै थापाले राजीनामा घोषणा गर्नु भएको हो । शारीरिक रुपमा अशक्त भएका कारण राजीनामा दिन बाध्य भएको थापाले दाबी गर्नु भएको छ । ‘अब स्वतन्त्र रहने छु’ थापाले प्रेस विज्ञप्तिमा उल्लेख गर्नु भएको छ, ‘स्वतन्त्र रहे पनि मानव जीवनको हक अधिकार सुनिश्चित गराउने सभ्यतामूलक कार्यमा लाग्ने छु ।’

थापाले नेकपा एमाओवादीको जिल्ला सदस्य, वैद्य नेतृत्वको माओवादीको जिल्ला सदस्य, नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाको जिल्ला सचिव रहेर काम गर्नु भएको थियो । सरकारले विप्लव नेतृत्वको नेकपाका गतिविधिमाथि प्रतिबन्ध लगाएपछि सुरक्षा निकायले जिल्लामा रहेका नेता कार्यकर्ता खोज्न थालेपछि थापा राजीनामा दिने पहिलो व्यक्ति हुनुहुन्छ । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया