निजी भ्रमणका क्रममा पूर्वराजा ज्ञानेन्द्र शाह इलाममा

 चैत १७, २०७५ आइतबार २०:५६:५५ | सुजता सुनुवार
unn.prixa.net

फाइल तस्बिर

इलाम – पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार इलाम आइपुग्नु भएको छ ।

निजी भ्रमणका लागि उहाँ झापाको दमकबाट इलाम आइपुग्नु भएको हो ।  आफैं सवारी चलाएर आइतबार साँझ इलाम सदरमुकाम आइपुग्नु भएको भ्रमण व्यवस्थापन समितिका सदस्य हरी श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार पूर्वराजा शाह आइतबार सदरमुकामकै समिट होटलमा बास बस्नु हुनेछ । 

शाहको साथमा उहाँका स्वकीय सचिवसहित २३ जनाको टोली रहेको बुझिएको छ । भोलि (सोमबार) उहाँ पाँचथर जाने कार्यक्रम रहेको बताइएको छ । पाँचथर सदरमुकाम फिदिमको शिवालयमा पूजा गरी राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको सालिकमा माल्यार्पण समेत गर्ने कार्यक्रम रहेको बताइएको छ । 

आउदो मंगलबार पुनः इलाम फर्केर उहाँ बुधबार इलाम नै बास बस्ने समितिका सदस्य श्रेष्ठले जानकारी दिनुभयो । यस्तै बिहीबार इलाममा पदयात्रा सहित माइस्थान मन्दिरमा पूर्वराजा शाहले पूजा गर्ने कार्यक्रम तय भएको छ ।  उहाँ त्यसै दिन दमक फर्किनु हुनेछ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया