धनुषामा विषाक्त जाँड रक्सी सेवनबाट चार जनाको मृत्यु

 असार १४, २०७५ बिहिबार ७:४९:७ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – धनुषामा विषाक्त घरेलु जाँड रक्सी सेवनबाट चारजनाको ज्यान गएको छ । ज्यान जानेमा धनुषाको कमला नगरपालिका ५ लक्कड बस्ने ४० वर्षका रामनाथ पाशवान, ५० वर्षका रामचन्द्र पाशवान , ३० वर्षका मणि पाशवान र वडा नम्बर ६ मडान बस्ने ४५ वर्षका साविर अंशारी रहेको प्रहरीले जनाएको छ ।

मदिरा सेवनबाट सिकिस्त विरामी परेका जामुन पावशवानको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको धनुषाका नायव प्रहरी उपरीक्षक दिपेन्द्र शाहीले जानकारी दिनुभयो ।

स्थानीयका अनुसार एक युवकले वैदेशिक रोजगारमा जानु अघि मंगलबार राति खसी काटेर भोज दिएका थिए । त्यही भोजमा जाँड रक्सी खाएका उनीहरुको अवस्था रातिदेखि नै सिकिस्त बनेको थियो । 

बुधबार बिहान ९ बजेदेखि बेलुकासम्म चार जनाको ज्यान गएको छ । घटना विषयमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया