कुलमान घिसिङ भन्छन् : लोडसेडिङ ब्युँताउने खेल सुरु भो, हामीलाई डिस्टर्ब भैरहेको छ

 चैत २५, २०७५ सोमबार १४:५७:३९ | अर्जुन पोख्रेल
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक (सीईओ) कुलमान घिसिङले देशमा लोडसेडिङ ब्युँताउन खेल सुरु भएको बताउनुभएको छ । 
प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै घिसिङले विगतमा देशलाई अँध्यारोमा राखेका व्यक्तिले केही व्यक्ति र मिडिया परिचालन गरेर  आफू र प्राधिकरणका बारेमा अनर्गल प्रचार भैरहेको र देशमा फेरि लोडसेडिङ गराउन चाहेको आरोप लगाउनुभयो । 

‘विगतमा प्राधिकरण डुबाएका व्यक्तिले अनेक हतियार प्रयोग गरेर हामीलाई काम गर्न डिस्टर्ब गरेका छन्, उज्यालो नेपाल उनीहरुलाई मन परेको छैन’, घिसिङले भन्नुभयो, ‘हामीले रातदिन नभनी देशमा उज्यालो ल्याउन लागिपरेका छन्, हामीलाई प्रहार गर्नेले विचार गरून् ।’

विगतमा ९ अर्ब घाटामा गएको प्राधिकरण अहिले नाफामा गएको भन्दै घिसिङले पहिला प्राधिकरण चुसेकाहरुले सरकारबाट अनुदान लिएर प्राधिकरण नाफामा गएको भन्ने गलत हल्ला फैलाएको पनि दाबी गर्नुभयो । 

आफूहरुको काम नागरिकले मुल्यांकन गरिरहेको भन्दै उहाँले प्राधिकरण नाफामा गएको नपचेको बताउनुभयो । प्राधिकरणका पाँचौ तहका केही कर्मचारीले केही मिडिया प्रयोग गरेर आफूविरुद्ध  नभएका हल्ला फैलाएको भन्दै उहाँले त्यस्ता कर्मचारीलाई कारबाही गर्ने बताउनुभयो । 

‘प्राधिकरणलाई ध्वस्त पार्ने गिरोहलाई एमडीले टुलुटुलु हेर्दै बस्न सक्दैन, यो चानचुने एमडी होइन, हामीलाई डिस्टर्ब गर्नेहरुको वास्तविकता पत्ता लगाएरै छाडिन्छ’, उहाँले भन्नुभयो, ‘हिजो प्राधिकरण कसरी सिध्याए भन्ने सबैलाई थाहा छ, उनीहरु पनि तानिन सक्छन ।’

आफू प्राधिकरणमा रहेसम्म पारदर्शी भएर काम गर्ने तर कसैले दादागिरी गरेमा त्यो कारबाहीको भागिदार भएरै छाड्ने उहाँले चेतावनी दिनुभयो ।
 

 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया