कोरियन वन बाहेक सबै विदेशी मुद्राको भाउ बढ्यो

 चैत २६, २०७५ मंगलबार १०:४५:८ | उज्यालो सहकर्मी

काठमाण्डौ – मंगलबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ बढेको छ । तर कोरियन वनको भाउ भने स्थिर छ । 

आज मंगलबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ १८ पैसा र बिक्रीदर १११ रुपैयाँ ७८ पैसा तोकेको छ । हिजो खरिददर ११० रुपैयाँ ४६ पैसा र बिक्रीदर १११ रुपैयाँ ०६ पैसा तोकेको  थियो ।

यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ६४ पैसा र बिक्रीदर २९ रुपैयाँ ८० पैसा छ । हिजो खरिददर २९ रुपैयाँ ४५ पैसा र बिक्रीदर २९ रुपैयाँ ६१ पैसा थियो।

आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ५३ पैसा र बिक्रीदर ३० रुपैयाँ ७० पैसा तोकिएको छ । हिजो खरिददर ३० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३० रुपैयाँ ५० पैसा तोकिएको

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ २७ पैसा र बिक्रीदर ३० रुपैयाँ ४३ पैसा छ । हिजो सोमबार खरिददर ३० रुपैयाँ ०७ पैसा र बिक्रीदर ३० रुपैयाँ २४ पैसा तोकिएको थियो ।

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ १३ पैसा र बिक्रीदर २७ रुपैयाँ २८ पैसा छ । हिजो २७ रुपैयाँ ०२ पैसा र बिक्रीदर २७ रुपैयाँ १६ पैसा थियो ।

यस्तै मंगलबार कुवेती दिनारको १ को खरिददर ३६५ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ०३ पैसा तोकिएको छ । हिजो खरिददर ३६२ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ९१ पैसा तोकिएको थियो । 

बहराइन दिनार १ को खरिददर २९४ रुपैयाँ ९१ पैसा र बिक्रीदर २९६ रुपैयाँ ५५ पैसा छ । हिजो दिनार १ को खरिददर २९२ रुपैयाँ ९२ पैसा र पैसा बिक्रीदर २९४ रुपैयाँ ५१ पैसा थियो । 

यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९ रुपैयाँ ७६ पैसा रहेको छ । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया