छोरी ट्रोल भएपछि भड्किएका अजय देवगनले जवाफमा भने- हाम्रा बच्चालाई एक्लै छोडिदिनुस्

 चैत २६, २०७५ मंगलबार १४:२३:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

बलिउड सुपरस्टारका बच्चाहरु कुनै न कुनै कारण समाजिक सञ्जालमा ट्रोल भइरहेका हुन्छन् । यस पटक अभिनेता अजय देवगन र काजोलकी १४ वर्षीया छोरी न्यासा ट्रोल भएकी छिन् । न्यासा उनले लगाएको छोटो लुगाका कारण ट्रोल भएकी हुन् ।

सामाजिक सञ्जाल प्रयोगकताहरुले न्यासाको विषयमा अनेक टिकाटिप्पणी गरिरहेका छन् ।

छोरी न्यासालाई सामाजिक सञ्जालमा ट्रोल गरेको थाहापाएपछि दुखी भएका अजयले यस विषयमा जवाफ फर्काएका छन् । अजयले भनेका छन् ‘जब यस्तो ट्रोलिङ हुन्छ तब मेरी छोरी न्यासा मात्रै नभई पुरै परिवार प्रभावित हुन्छ । न्यासा केवल १४ वर्षकी छिन् । तर मलाइ लाग्छ मानिसहरु कहिलेकाहीँ आफ्नो मर्यादा भुलेर बकवास गर्न थाल्छन् ।’

अजयले आफ्नी छोरीले लगाएको लुगाको विपषयमा भने, ‘न्यासाले शर्टस् लगाएकी थिइन् तर उनले लगाएको लामो ड्रेसले शर्टस् छोपिएको थियो । त्यसपछि मानिसहरुले उनलाई ट्रोल गर्न सुरु गरिदिए । मलाई थाहा छैन यी कस्ता खालका मानिसहरु हुन् ।

तर उनीहरुले गरेको व्यवहारको मूल्य हामीले चुकाउनु परेको छ । म पापाराजीहरुसँग यति मात्रै अनुरोध गर्छु कि हाम्रा बच्चाहरुलाई एक्लै छोडिदिनुस् । उनीहरुलाई आफ्नो स्पेस चाहिन्छ । उनीहरु हरेक समय तयार भएर घरबाहिर निस्कन चाहँदैनन् ।’

अजय देवगन र काजोलका २ सन्तान- छोरी न्यासा र छोरा युग छन् । अजय आफ्नी छोरी न्यासा निकै समझदार रहेको अन्तरवार्ताहरुमा बताइरहन्छन् । सिंगापुरमा पढाइ गरिरहेकी न्यासाले सामाजिक सञ्जालको प्रयोग नगरे पनि उनका तस्बिरहरु मिडिया तथा साजिक सञ्जालमा छाइरहन्छन् । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया