अवार्ड पाउनु शायद मेरो भाग्यमा नै छैनः तापसी पन्नु

 चैत २७, २०७५ बुधबार १३:२०:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

अभिनेत्री तापसी पन्नु यति बेला हिन्दी सिनेमाकी उत्कृष्ट अभिनेतृहरु मध्येकी एक हुन् । यस कुराको पुष्टि गर्न तापसीसँग दर्शकको साथ र राम्रा फिल्महरु त छन् तर उनीसँग कुनै अवार्ड छैन ।

हालै तापसीले यस विषयमा कुराकानी गर्दै भनेकी छिन्, ‘पहिले मलाइ अवार्ड पाइन भनेर दुख लाग्थ्यो । म सोचिरहन्थे कि मैले किन अवार्ड पाइन ? मलाई लाग्थ्यो कि शायद मैले कमर्सियल फिल्म गरेकी छैन त्यसैले अवार्ड पाइन । पछि मैले ‘जुडवा २’ मा अभिनय गरेँ । त्यसपछि पनि कसैले मलाई अवार्डका लागि लायक नै सम्झिएनन् ।  अब त मैले ठानिसकेँ कि शायद मैले गरेको कामका लागि सम्मान पाउनु मेरो भाग्यमै छैन । त्यसैले मैले आशा गर्न पनि छोडिसकेँ ।’ 

अभिनेत्री तापसी पन्नु अहिले फिल्म ‘बदला’ मा उनले गरेको अभिनयका कारण चौतर्फी प्रसंशा बटुलिरहेकी छिन् । यस फिल्ममा उनीसँग अभिनेता अमिताभ बच्चनको पनि अभिनय रहेको छ ।

अघिल्लाे वर्ष तापसीले फिल्म ‘मुल्क’ र ‘मनमर्जियाँ’ बाट पनि अभिनयका कारण चर्चा बटुलेकी थिइन । तापसीले यस अघि फिल्म ‘शबाना’ र ‘पिंक’ मार्फत पनि दर्शकको मन जित्न सफल भएकी थिइन् । तर उनले आफ्नो अभिनयकै लागि भने कुनै अवार्ड पाएकी छैनन् । 

बलिउड फिल्म उद्योगमा दिइने अवार्डहरुका विषयमा तापसी पन्नुले मात्रै नभइ अन्य कलाकारहरुले पनि प्रश्न उठाउने गरेका छन् ।  तीमध्ये अभिनेता आमिर खान र अभिनेत्री कंगना रनावतले त झनै अवार्ड कार्यक्रममा सहभागी हुन नै अस्वीकार गरिदिएका छन् । 
 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया