रङ्गशाला निर्माणको सहयोगार्थ दुबइमा ‘धुर्मुस सुन्तली साँझ’ हुने

 चैत २७, २०७५ बुधबार १६:५२:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्ने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण सहयोगार्थ दुबइमा धुर्मुस सुन्तली साँझ आयोजना हुने भएको छ ।

दुबइमा रहेकाे सम्पूर्ण संघसंस्थाहरुको आयोजनामा चितवन समाजको संयोजनमा यही अप्रिल २६ तारिखका दिन कार्यक्रम हुने धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल(धुर्मुस) ले जानकारी दिनुभयाे । 

ग्राण्ड एक्सेलसियर होटल, बर दुबइमा आउँदो अप्रिल २६ मा हुने कार्यक्रममा धुर्मुस सुन्तलीसहित अन्य चर्चित कलाकारहरुको समेत उपस्थिति रहने छ । धुर्मुसले सामाजिक सञ्जाल फेसबुकमार्फत कार्यक्रम हुने जानकारी दिँदै दुबइमा रहेका नेपालीहरुलाई उपस्थितिका लागि अनुरोध समेत गरेका छन् ।
 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया