राजर्षि जनक कप फुटबल: थ्रीस्टार अन्तिम ४ मा, आयाेजक बागमती निलो बाहिरियाे

 चैत २७, २०७५ बुधबार १९:५२:२५ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही - सर्लाहीको वागमतीमा जारी तेस्रो राजर्षि जनक कप फुटबल प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा थ्रीस्टार क्लब काठमाण्डौ आयोजक बागमती युवा क्लब निलोलाई हराउँदै सेमिफाइनल प्रवेश गरेको छ ।

सोमबारदेखि बागमती नगरपालिकाको कर्मैयामा रहेकाे सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा जारी प्रतियोगिताकाे बुधबारकाे खेलमा थ्रीस्टार क्लब  ४–० ले विजयी हुँदै प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ ।

यसअघिको उद्घाटन खेलमा सरस्वती युवा क्लब काठमाण्डाैलाई ३–१ अन्तरले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको बागमती निलोले बुधबार थ्रीस्टारसँग पराजित हुँदै प्रतियोगिताबाटै बाहिरिएको छ ।

थ्रीस्टारका लागि खेल सुरु भएको २२ औं मिनेटमा सुशील राईले पहिलो गोल गरेका थिए । खेलको ६८ औं मिनेटमा अनिल गुरुङ्गले गोल गर्दै खेललाई २–० मा पुर्‍याए । थप भएको इन्जुरी समयमा थ्रीस्टारका सुशील राईले पुनः गोल थप्दै गोल ३-० काे स्थितिमा पुर्‍याए । त्यसको २ मिनेटमा थ्रीस्टारका म्यान्साले अर्को गोल थप्दै खेलमा ४–० को फराकिलो जित निकाल्न सफल भए ।

बुधबारको खेलमा उत्कृष्ट खेल खेलेका थ्रीस्टारका सुशील राईले १० हजार प्राप्त गरेका छन् । प्रतियोगिताअन्तर्गत बिहीबारको खेलमा डिफेन्डिङ च्याम्पियन सुदूर पश्चिम ११ र एपीएफ क्लबबीच खेल हुनेछ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया