राजर्षि जनक कप फुटबल: वीरगञ्जलाई तीन-एक गाेलले  हराउँदै फ्रेण्डस क्लब विजयी

 चैत २९, २०७५ शुक्रबार २०:६:५३ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही - सर्लाहीको वागमतीमा जारी तेस्रो राजर्षि जनक कप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा वीरगञ्जलाई ३–१ गोल अन्तरले  हराउँदै फ्रेण्डस क्लब काठमाण्डौ विजयी भएको छ ।

वागमतीको कर्मैयामा रहेकाे खेलमैदानमा जारी खेलमा दुवै टिमले निर्धारित समयमा १–१ गोलको बराबरी  खेलेपछि खेललाई टाइब्रेकरबाट टुङगो लगाइएको थियो । खेलको सुरुवातबाटै प्रतिस्पर्धात्मक बनेको खेलमा फ्रेण्ड्स क्लब काठमाण्डौका इब्राहिम फुफानाले २३ औ मिनेटमा पहिलो गोल गरेका थिए।

निकै संर्घष गरिरहेको वीरगञ्जलाई खेलमा फर्किन ६३ मिनेट लागेको थियो । वीरगञ्जका लागि सविर चौधरीले ६३ औँ मिनेटमा गोल गरेपछि खेल बराबरीमा रोकिएको थियो ।

निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि  खेललाई टाइब्रेकरबाट टुङगो लगाईएको हो । वैशाख १ गते आइतबार आयोजक वागमती युवा क्लब सर्लाही रातो र फ्रेण्डस क्लब काठमाण्डौबीच खेल हुने छ । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया