डाक्टर केसीलाई जुम्लामा अनसन बस्न प्रतिबन्ध

 असार १५, २०७५ शुक्रबार २१:०:७ | नेत्र शाही
unn.prixa.net

जुम्ला – डाक्टर गोविन्द केसीलाई जुम्लामा अनसन बस्न प्रतिबन्ध लगाइएको छ । 

जिल्ला प्रशासन कार्यालय जुम्लाले विज्ञप्ति निकालेर प्रशासन कार्यालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दुई सय मिटर वरपर कुनै पनि प्रकारको अनसन, आन्दोलन तथा विरोध प्रदर्शन गर्न रोक लगाएको छ । 

चिकित्सा शिक्षा अध्यादेशलाई तोडमोड गरेर ल्याउन खोजिएको भन्दै डा. केसी अनसनका लागि शुक्रबार राति जुम्ला सदरमुकाम पुग्नु भएको छ । 

डाक्टर केसी अनसन बस्नुभन्दा पहिले नै जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति निकालेर निषेधित क्षेत्र तोकेको हो । जुम्लाका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलको हस्ताक्षर भएको विज्ञप्तिमा जुम्लामा रहेको ‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल’ तथा प्रशासन कार्यालय वरिपरि प्रदर्शन गर्न रोक लगाइएको सूचना जारी गरिएको छ । 

डाक्टर केसी भाइ इश्वर केसीसँगै प्रतिष्ठानमा अनसन बस्ने तयारीका साथ जुम्ला पुग्नुभएको थियो । 

‘नागरिकको अभिव्यक्ति स्वतन्त्रताका लागि म जुम्लामा अनसन बस्न लागेको हुँ । तर संविधानमै लेखिएको अभिव्यक्ति स्वतन्त्रताका विरुद्धमा प्रशासनले प्रतिबन्ध लगाउँछ भने त्यसको नतिजा राम्रो हँदैन्’ जुम्लामा डाक्टर केसीले भन्नुभयो । 

डाक्टर केसीले सरकारले चिकित्सा विधेयक तोडमोड गरेर ल्याउन लागेपछि सरकारलाई ध्यानआकर्षण गर्न तथा निर्णायक आन्दोलनको रुपमा १५ औँ अनसनको घोषणा गरेको बताउनुभयो । उहाँले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा लामो समयसम्म एमबीबीएस पढाईको बाटो खुला नगरेकोमा आपत्ति जनाउँदै जुम्लामै अनसन बस्न लागेको बताउनु भएको छ ।
 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • Khem Bhetuwal

    June 29, 2018, 10:41 p.m.

    के दुई तिहाइको सरकार एक्ला डा. केसीसँग डराएर काँपेको हो?

  •  0 Reply

तपाईको प्रतिक्रिया