बुधबार मलेसियन रिंगिट बाहेक सबै विदेशी मुद्राको भाउ घट्यो

 बैशाख ११, २०७६ बुधबार १०:२७:३० | उज्यालो सहकर्मी

काठमाण्डौ – मलेसियन रिंगिट बाहेक बुधबार सबै विदेशी मुद्राको भाउ घटेको छ । 

आज बुधबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ १० पैसा र बिक्रीदर १११ रुपैयाँ ७० पैसा तोकेको छ । हिजो डलरको खरिददर १११ रुपैयाँ १८ पैसा र बिक्रीदर १११ रुपैयाँ ७८ पैसा तोकेको थियो । 

यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ६३ पैसा र बिक्रीदर २९ रुपैयाँ ७९ पैसा छ । सोमबार खरिददर २९ रुपैयाँ ६५ पैसा र बिक्रीदर २९ रुपैयाँ ८१ पैसा थियो ।

आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ५२ पैसा र बिक्रीदर ३० रुपैयाँ ६८ पैसा तोकिएको छ । हिजो खरिददर ३० रुपैयाँ ३९ पैसा र बिक्रीदर ३० रुपैयाँ ५५ पैसा तोकिएको  थियो ।

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ २५ पैसा र बिक्रीदर ३० रुपैयाँ ४१ पैसा छ । मंगलबार खरिददर ३० रुपैयाँ २७ पैसा र बिक्रीदर ३० रुपैयाँ ४३ पैसा थियो । 
बुधबार मलेसियन रिंगिटको भाउ भने केही पैसा बढेको छ ।

मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ९२ पैसा र बिक्रीदर २७ रुपैयाँ ०६ पैसा छ । हिजो खरिददर २६ रुपैयाँ ९० पैसा र बिक्रीदर २७ रुपैयाँ ०५ पैसा थियो ।

यस्तै बुधबार कुवेती दिनारको १ को खरिददर ३६५ रुपैयाँ २८ पैसा र बिक्रीदर ३६७ रुपैयाँ २५ पैसा तोकिएको छ । हिजो मंगलबार कुवेती दिनारको १ को खरिददर ३६५ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ४६  पैसा तोकिएको थियो ।

बहराइन दिनार १ को खरिददर २९४ रुपैयाँ ६६ पैसा र बिक्रीदर २९६ रुपैयाँ २५ पैसा छ । हिजो बहराइन दिनार १ को खरिददर २९४ रुपैयाँ ८३ पैसा र बिक्रीदर २९६ रुपैयाँ ४२ पैसा थियो ।

यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९ रुपैयाँ ७८ पैसा रहेको छ । हिजो वन एक सयको खरिददर ९ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९ रुपैयाँ ८० पैसा रहेको थियो ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया