घुस लिँदै गरेको अवस्थामा दुई कर्मचारी पक्राउ

 बैशाख ११, २०७६ बुधबार १७:५६:५५ | सुजता सुनुवार

इलाम – घुस लिँदै गरेको अवस्थामा इलामबाट दुई जना कर्मचारी बुधबार पक्राऊ परेका छन् । ६ हजार रुपैयाँ घुससहित जिल्ला प्रशासन कार्यालय इलामका नायब सुब्बा बिनोद बिसी र युवा स्वरोजगार कार्यक्रमका भानुभक्त आचार्यलाई पक्राऊ गरिएको हो ।

उनीहरुलाई राहदानीको प्रतिलिपि निकाल्ने क्रममा घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीको टोलीले पक्राऊ गरेको बताइएको छ  ।

बिसी र आचार्यलाई पक्राउ गरी इटहरी पुर्‍याइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीले जानकारी दिएको छ ।
 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया