रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुद्राको भाउ बढ्यो, कोरियन वन भने केही पैसाले घट्यो

 बैशाख १२, २०७६ बिहिबार १०:३६:५३ | उज्यालो सहकर्मी

काठमाण्डौ – बिहीबार कोरियन वनको भाउ केही पैसाले घटेको छ । अमेरिकी डलरसहित अरु सबै विदेशी मुद्राको भाउ भने बढेको छ ।

आज बिहीबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ ५० पैसा र बिक्रीदर ११२ रुपैयाँ १० पैसा तोकेको छ । हिजो डलरको खरिददर १११ रुपैयाँ १० पैसा र बिक्रीदर १११ रुपैयाँ ७० पैसा तोकेको थियो । 

यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ७३ पैसा र बिक्रीदर २९ रुपैयाँ ८९ पैसा छ । बुधबार खरिददर २९ रुपैयाँ ६३ पैसा र बिक्रीदर २९ रुपैयाँ ७९ पैसा थियो ।  

आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ६३ पैसा र बिक्रीदर ३० रुपैयाँ ७९ पैसा तोकिएको छ । हिजो खरिददर ३० रुपैयाँ ५२ पैसा र बिक्रीदर ३० रुपैयाँ ६८पैसा तोकिएको  थियो ।

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ३६ पैसा र बिक्रीदर ३० रुपैयाँ ५२ पैसा छ । बुधबार खरिददर ३० रुपैयाँ २५ पैसा र बिक्रीदर ३० रुपैयाँ ४१ पैसा थियो । 

बिहीबार मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ०१ पैसा र बिक्रीदर २७ रुपैयाँ १६ पैसा छ । हिजो खरिददर २६ रुपैयाँ ९२ पैसा र बिक्रीदर २७ रुपैयाँ ०६ पैसा थियो ।

यस्तै बिहीबार कुवेती दिनारको १ को खरिददर ३६६ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ३९ पैसा तोकिएको छ । हिजो बुधबार कुवेती दिनारको १ को खरिददर ३६५ रुपैयाँ २८ पैसा र बिक्रीदर ३६७ रुपैयाँ २५ पैसा तोकिएको थियो ।

बहराइन दिनार १ को खरिददर २९५ रुपैयाँ ७२ पैसा र बिक्रीदर २९७ रुपैयाँ ३१ पैसा छ । हिजो बहराइन दिनार १ को खरिददर २९४ रुपैयाँ ६६ पैसा र बिक्रीदर २९६ रुपैयाँ २५ पैसा थियो ।

यस्तै, आज कोरियन वनको मूल्य भने केही पैसाले घटेको छ । कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९ रुपैयाँ ७४ पैसा रहेको छ । हिजो वन एक सयको खरिददर ९ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९ रुपैयाँ ७८ पैसा रहेको थियो ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया