फ्यानको मोबाइल खोसेको भन्दै सलमान खानविरुद्ध प्रहरीमा उजुरी

 बैशाख १२, २०७६ बिहिबार १९:२९:१९ | एजेन्सी
unn.prixa.net

बलिउड अभिनेता सलमान खानविरुद्ध मुम्बईको डीएन नगर प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । सलमान खानले एक फ्यानको हातबाट मोबाइल फोन खोसेको आरोप लगाउँदै केस दर्ता भएको हो । 

सलमान खान लिक रोडमा साइकल चलाइरहेको बेला एक जना फ्यानले उनको भिडियो खिचिरहेका थिए । त्यसै क्रममा सलमान खानले ती फ्यानको हातबाट मोबाइल खोसेका थिए । सलमान खानका बडी गार्डको तर्फबाट पनि ती व्यक्तिविरुद्ध मुद्दा दर्ता भएको छ । उनीहरुका अनुसार सलमान खानको अनुमतिबिना ती फ्यानले भिडियो खिचिरहेका थिए । 

अभिनेता सलमान खान यतिबेला उनको आगामी फिल्म ‘दबंग ३’ को छायाँकंनमा व्यस्त छन । प्रभु देवाको निर्देशनमा बन्न लागेको यस फिल्ममा यसअघि ‘दबंग’ र ‘दबंग २’ मा अभिनय गरिसकेकी अभिनेत्री सोनाक्षी सिन्हा सलमान खानको श्रीमतीको भूमिकामा देखिनेछिन् । 

यससँगै सलमान खानको यतिबेला अबको केही समयमा रिलिज हुने फिल्म ‘भारत’ को चर्चा चुलिएको छ । अली अब्बास जफरको निर्देशनमा बनेको यस फिल्ममा सलमान खानका साथै अभिनेत्री कट्रिना कैफ, दिशा पाटनी, तब, अभिनेता ज्याकी श्राफ, सुनील ग्रोभरको मुख्य भूमिका रहनेछ । फिल्म ‘भारत’ इदको अवसर मा जून ५ मा रिलिज हुनेछ । 

आज सलमान खानको यसै फिल्मको पहिलो गीत ‘स्लो मोशन’ रिलिज भएको छ । यस गीतमा सलमान खान र दिशा पाटनीको डान्स रहेको छ । 
 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया