कोरियन वन बाहेक शुक्रबार सबै विदेशी मुद्राको भाउ बढ्यो

 बैशाख १३, २०७६ शुक्रबार १०:५०:२२ | उज्यालो सहकर्मी

काठमाण्डौ – कोरियन वन बाहेक शुक्रबार सबै विदेशी मुद्राको भाउ बढेको छ ।

आज शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११२ रुपैयाँ ११ पैसा र बिक्रीदर ११२ रुपैयाँ ७१ पैसा तोकेको छ । हिजो डलरको खरिददर १११ रुपैयाँ ५० पैसा र बिक्रीदर ११२ रुपैयाँ १० पैसा तोकेको थियो । 

यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३० रुपैयाँ ०५ पैसा छ । बिहीबार खरिददर २९ रुपैयाँ ७३ पैसा र बिक्रीदर २९ रुपैयाँ ८९ पैसा थियो ।  

आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ७९ पैसा र बिक्रीदर ३० रुपैयाँ ९५ पैसा तोकिएको छ । हिजो खरिददर ३० रुपैयाँ ६३ पैसा र बिक्रीदर ३० रुपैयाँ ७९ पैसा तोकिएको  थियो ।

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ५२ पैसा र बिक्रीदर ३० रुपैयाँ ६८ पैसा छ । हिजो खरिददर ३० रुपैयाँ ३६ पैसा र बिक्रीदर ३० रुपैयाँ ५२ पैसा थियो । 

शुक्रबार मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ११ पैसा र बिक्रीदर २७ रुपैयाँ २५ पैसा छ । हिजो खरिददर २७ रुपैयाँ ०१ पैसा र बिक्रीदर २७ रुपैयाँ १६ पैसा थियो ।

यस्तै शुक्रबार कुवेती दिनारको १ को खरिददर ३६८ रुपैयाँ १७ पैसा र बिक्रीदर ३७० रुपैयाँ १४ पैसा तोकिएको छ । हिजो बिहीबार कुवेती दिनारको १ को खरिददर ३६६ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ३९ पैसा तोकिएको थियो ।

बहराइन दिनार १ को खरिददर २९७ रुपैयाँ ४१ पैसा र बिक्रीदर २९९ रुपैयाँ छ । हिजो बहराइन दिनार १ को खरिददर २९५ रुपैयाँ ७२ पैसा र बिक्रीदर २९७ रुपैयाँ ३१ पैसा थियो ।

यस्तै, आज कोरियन वनको मूल्य भने केही पैसाले घटेको छ । कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९ रुपैयाँ ६९ पैसा रहेको छ । हिजो वन एक सयको खरिददर ९ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९ रुपैयाँ ७४ पैसा रहेको थियो ।
 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया