अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ घट्यो

 बैशाख २०, २०७६ शुक्रबार १०:४७:५१ | उज्यालो सहकर्मी

काठमाण्डौ – शुक्रबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ घटेको छ । 

आज शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ६८ पैसा र बिक्रीदर १११ रुपैयाँ २८ पैसा तोकेको छ । हिजो अमेरिकी डलरको खरिददर १११ रुपैयाँ र बिक्रीदर १११ रुपैयाँ ६० पैसा तोकेको थियो ।

यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ५१ पैसा र बिक्रीदर २९ रुपैयाँ ६७ पैसा छ । हिजो खरिददर २९ रुपैयाँ ६० पैसा र बिक्रीदर २९ रुपैयाँ ७६ पैसा थियो।

आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ४० पैसा र बिक्रीदर ३० रुपैयाँ ५६ पैसा तोकिएको छ । हिजो रियाल १ को खरिददर ३० रुपैयाँ ४९ पैसा र बिक्रीदर ३० रुपैयाँ ६५ पैसा थियो ।

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ १३ पैसा र बिक्रीदर ३० रुपैयाँ ३० पैसा छ । हिजो खरिददर ३० रुपैयाँ २२ पैसा र बिक्रीदर ३० रुपैयाँ ३८ पैसा थियो ।

शुक्रबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ७५ पैसा र बिक्रीदर २६ रुपैयाँ ९० पैसा छ । बिहीबार खरिददर २६ रुपैयाँ ८५ पैसा र बिक्रीदर २६ रुपैयाँ ९९ पैसा थियो ।

यस्तै आज कुवेती दिनारको १ को खरिददर ३६४ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ०१ पैसा तोकिएको छ । हिजो दिनारको १ को खरिददर ३६४ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ९४ पैसा थियो । 

बहराइन दिनार १ को खरिददर २९३ रुपैयाँ ५९ पैसा र बिक्रीदर २९५ रुपैयाँ १८ पैसा छ । हिजो खरिददर २९४ रुपैयाँ ४८ पैसा र बिक्रीदर २९६ रुपैयाँ ०७ पैसा थियो । 

यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ५१ पैसा र बिक्रीदर ९ रुपैयाँ ५६ पैसा रहेको छ । हिजो खरिददर ९ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९ रुपैयाँ ६० पैसा थियो । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया