घरेलु कामदारको पुनः श्रम स्वीकृत खुलाउनुपर्छ : राप्रपा महामन्त्री लिङ्देन

 बैशाख २१, २०७६ शनिबार १७:४३:४९ | उज्यालो सहकर्मी

यूएई – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका महामन्त्री राजेन्द्र लिङदेनले खाडी देशमा कार्यरत घरेलु महिला तथा पुरुष कामदारको पुनः श्रम स्वीकृत सरकारले रोक्न नहुने बताउनुभएको छ ।

राम्रो काम र दाम भएका तथा आफूलाई सुरक्षित महसुस गर्नेहरु मात्रै फेरी त्यही देशमा त्यही कामका लागि जाने चाहने भएकाले सरकारले श्रम स्वीकृत खुलाउनुपर्ने बताउनुभएको हो ।    

राप्रपा नेपालको प्रवास संगठन प्रवासी नेपाली एकता समाज युएईको प्रथम अधिवेशनलाई दुबईमा सम्बोधन गर्दै नेता लिङ्देनले नेपाल गएर फेरि फर्किन नपाउने चिन्ताले चाहेर पनि धेरै नेपाली देश फर्किन नपाएका नेपालीलाई आफूले देखेको र भेटेकोले नेपाल फर्किए लगत्तै सरकारसँग पुनः श्रम स्वीकृत खुलाउन माग गर्ने बताउनुभयो । 

यसैबीच प्रवासी नेपाली एकता समाज युएईको प्रथम अधिवेशनले शशि सिलवालको अध्यक्षतामा ३१ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा मनोज जैसवाल, किशोर केशी, रमेश कुँवर रहेका छन् ।

यस्तै सचिवमा देवराज पौडेल, कोषाध्यक्ष नारायण पोख्रेल, सहकोषाध्यक्ष कमला बस्याल रहेका छन् । समितिको प्रवक्ताको जिम्मेवारी लक्ष्मण श्रेष्ठलाई तोकिएको छ भने समाजको मध्यपूर्व संयोजकको जिम्मेवारी तोयानाथ लम्साललाई दिइएको छ । 

अधिवेशनका लागि महामन्त्री लिङ्देनको नेतृत्व  राप्रपा प्रदेश – ५ का अध्यक्ष प्रदिपकुमार उदय, सहायक महामन्त्री राजाराम बर्ताैला, प्रवास विभाग प्रमुख विजय खड्का यूएई आउनुभएको थियो । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया