‘सूर्यवंशी’ पनि ईदमै रिलिज हुने: अजय देवगन र सलमानकाे मित्रतामा आउन सक्छ फाटाे

 बैशाख २४, २०७६ मंगलबार १३:५८:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

बलिउड अभिनेता सलमान खान र अजय देवगन एकअर्काका असल साथी मानिन्छन् । यी दुवैजनामा एउटालाई कुनै समस्या आइपर्दा अर्को सहयोगका लागि अघि सर्छन् ।

यस अघि जब अभिनेता अक्षय कुमार र करण जोहरले फिल्म ‘केसरी’ को घोषणा गरेका थिए तब सलमान खान उक्त फिल्मको सहनिर्माता थिए । तर पछि अजय देवगनका लागि सलमान खानले ‘केसरी’ बाट हात झिकेका थिए ।

त्यस समयमा अजय देवगनले पनि त्यही विषयमा फिल्म निर्माण गर्ने योजना बनाइरहेको कुरा सलमानले थाहा पाएपछि उनले ‘केसरी’ को निर्माण गर्न अस्वीकार गरिदिएका थिए । यस घटना बाहेकको विभिन्न समयमा पनि सलमान र अजय सदैव एकअर्काको निकै काम लाग्ने गर्छन् ।

तर अहिले आएर अजय देवगनले यस्तो काम गरेका छन्, जसका कारण अजय र सलमानबीचको मित्रतामा फाटाे आउन सक्ने अनुमान लगाइँदैछ  ।अक्षय कुमारले निर्देशक रोहीत शेट्टी र करण जोहरसँग मिलेर ‘सूर्यवंशी’ चलचित्र आउँदाे ईदको अवसरमा रिलिज गर्ने घोषणा गरिसकेका छन् ।

यस फिल्ममा अजय देवगन र रणवीर सिंंहको पनि अभिनय रहने आधिकारिक घोषणा समेत भइसकेको छ । रणवीर सिंह यस फिल्ममा ‘सिम्बा’ को रुपमा देखिनेछन् भने अजय देवगन ‘सिंघम’ बनेर आउनेछन् । 

यता अभिनेता सलमान खान पनि २०२० को ईदमा उनको फिल्म ‘इन्शाअल्लाह’ रिलिज गर्ने तयारीमा छन् । सलमानको यस फिल्ममा उनको जोडीको रुपमा अभिनेत्री आलिया भट्ट रहने छिन् । फिल्म ‘इन्शाअल्लाह’ को निर्देशन सञ्जय लीला भन्सालीले गर्दैछन् । भन्सालीले अजयसँग यस अघि फिल्म ‘हम दिल दे चुके सनम’ मा काम गरेका थिए । 

यतिबेला बलिउडमा फिल्म ‘सूर्यवंशी’ र इन्शाअल्लाह’ को भिडन्तलाई लिएर चर्चा चलिरहेको छ । साथै अजय देवगन ‘सूर्यवंशी’ मा जोडिएपछि यो कुरा सलमान खानका लागि असहज हुने चर्चा पनि भइरहेको छ ।

पछिल्ला केही वर्षदेखि अभिनेता सलमान खानले लगातार ईदमा आफ्ना फिल्महरु रिलिज गर्दै आइरहेका थिए । तर अब २०२० को ईदमा अक्षयको ‘सूर्यवंशी’ र सलमान खानको ‘इन्शाअल्लाह’  बीच भिडन्त हुनेछ । अक्षय कुमार र सलमान खानबीचको भिडन्तमा अभिनेता अजय देवगन अक्षय कुमारको फिल्ममा जोडिएपछि सलमान र अजयबीचको मित्रता पनि असर पर्ने पक्का भएको छ । 
 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया