कोरियन वन बाहेक सबै विदेशी मुद्राको भाउ घट्यो

 जेठ ९, २०७६ बिहिबार ११:९:२६ | उज्यालो सहकर्मी

काठमाण्डौ – बिहीबार कोरियन वन बाहेक सबै विदेशी मुद्राको भाउ घटेको छ ।

आज बिहीबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ १६ पैसा र बिक्रीदर १११ रुपैयाँ ७६ पैसा तोकेको छ । हिजो खरिदद १११ रुपैयाँ २४ पैसा र बिक्रीदर १११ रुपैयाँ ८४  पैसा तोकेको थियो ।

यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ६४ पैसा र बिक्रीदर २९ रुपैयाँ ८० पैसा छ । हिजो बुधबार खरिददर २९ रुपैयाँ ६६ पैसा र बिक्रीदर २९ रुपैयाँ ८२ पैसा थियो ।

आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ५३ पैसा र बिक्रीदर ३० रुपैयाँ ६९ पैसा तोकिएको छ । हिजो खरिददर ३० रुपैयाँ ५५ पैसा र बिक्रीदर ३० रुपैयाँ ७२ पैसा थियो ।

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ २७ पैसा र बिक्रीदर ३० रुपैयाँ ४३ पैसा छ । हिजो खरिददर ३० रुपैयाँ २९ पैसा र बिक्रीदर ३० रुपैयाँ ४५ पैसा रहेको थियो ।

बिहीबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ५६ पैसा र बिक्रीदर २६ रुपैयाँ ७० पैसा छ । बुधबार खरिददर २६ रुपैयाँ ५८ पैसा र बिक्रीदर २६ रुपैयाँ ७२ पैसा थियो ।

यस्तै कुवेती दिनारको १ को खरिददर ३६५ रुपैयाँ १९ पैसा र बिक्रीदर ३६७ रुपैयाँ १६ पैसा तोकिएको छ । हिजो खरिददर ३६५ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ३६ पैसा तोकिएको थियो ।

बहराइन दिनार १ को खरिददर २९४ रुपैयाँ ८६ पैसा र बिक्रीदर २९६ रुपैयाँ ४६ पैसा छ । हिजो खरिददर २९५ रुपैयाँ ०८ पैसा र बिक्रीदर २९६ रुपैयाँ ६७ पैसा थियो ।

बिहीबार कोरियन वनको भाउ भने केही बढेको छ । कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९ रुपैयाँ ४० पैसा रहेको छ । हिजो खरिददर ९ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९ रुपैयाँ ३७ पैसा रहेको थियो ।
 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया