भिमफेदीको कोगटेमा पौडी पोखरी, गर्मी छल्न आउनेको भीड

पौडी खेलाएर गाउँपालिकाको साढे ४ लाख आमदानी

 जेठ ९, २०७६ बिहिबार ११:३१:२९ | हरि हुमागाईं
unn.prixa.net

हेटौंडा - मकवानपुरको भिमफेदी गाउँपालिका-८, कोगटेमा रहेकाे कृत्रिम पोखरीमा हिजोआजको चर्को गर्मिमा पौडी खेलेर रमाउनेहरु धेरै छन् ।

वर्षौं अघिको पौडी पोखरीमा पहिले कोगटे वरपरबाट मात्र मानिसहरु पौडी खेल्न आउँथे गरेका थिए । तर, अहिले यहाँ पौडी खेल्नकै लागि काठमाण्डौ, भक्तपुर, ललितपुर, मकवानपुरका विभिन्न क्षेत्रबाट आउने गरेको भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले बताउनुभयो । 

बाहिरी जिल्लाबाट घुम्दै आउनेहरु यहाँको ठूलो पोखरीमा पौडी नखेली जान मान्दैनन् । सुन्दर र सफा देखिने वर्षाै‌ पहिलेको पौडी पोखरीमा थप सुधार गर्न लागि भिमफेदी गाउँपालिकाले २० लाख रुपैयाँ लगानी गरेको छ । यसमा घेराबार लगाउने, पोखरीलाई सधै सुन्दर बनाउने, पौडी खेल्ने कामसँगै पर्यटक पनि यस क्षेत्रमा भित्र्याउने गरी काम भइरहेको अध्यक्ष लामाले बताउनुभयो । 

यस पोखरीमा एक पटकमा एक सय जनाले पौडी खेल्न मिल्छ । गर्मी बढ्दै गएकाले यहाँ पौडी खेल्न आउनेहरुको संख्या दिनहुँ बढ्दै गएको छ । अहिले पौडी खेल्न पालो नपाउने स्थिति छ । पौडी खेल्न दिएर गाउँपालिकाले राम्रो आम्दानीपनि गरिरहेको छ । पौडी खेलाएर नै गाउँपालिकाले वार्षिक ४ लाख ५० हजार रुपैयाँ आमदानी गर्ने गरेको अध्यक्ष लामा बताउनुहुन्छ । 

पौडी खेलेको रकम ठेक्कामार्फत संकलन गरिँदै आएको छ ।

यहाँ खण्ड–खण्ड गरी हाल चार वटा पोखरी छन् । ५ रोपनी क्षेत्रफल ओगटेको पोखरी र हरियाली जंगललाई समेत समेटेर पिकनिक स्थल तथा मनोरम बाटिका बनाउने योजना रहेको अध्यक्ष लामाले बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया