भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा कांग्रेस अध्यक्ष राहुल गान्धीलाई धन्यवाद

 जेठ १०, २०७६ शुक्रबार ११:३१:० | उज्यालो सहकर्मी
unn.prixa.net

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कांग्रेस अध्यक्ष राहुल गान्धीलाई धन्यवाद दिनुभएको छ । लोकसभा चुनावमा विजयी भएकोमा गान्धीले मोदी र उहाँको पार्टी भारतीय जनता पार्टी भाजपालाई बधाइ दिनुभएको थियो ।

मोदीले यसको जवाफ ट्विटरमा दिँदै गान्धीलाई धन्यवाद भन्नुभएको हो । लोकसभा चुनाव २०१९ मा भारतीय जनता पार्टीले स्पष्ट बहुमत निकाल्दै यसअघिको भन्दा पनि ठूलो जीत निकालेको छ । नरेन्द्र मोदी अब पाँच वर्षको लागि फेरि दोस्रो पटक भारतको प्रधानमन्त्री बन्नुहुनेछ ।

भाजपाले राजस्थान, गुजरात, हरियाणा र दिल्लीमा क्लीन स्वीप गरेको छ भने उत्तर प्रदेश, महाराष्ट्र र बिहारमा बहुचर्चित विपक्षी गठबन्धनलाई पराजित गरेको छ ।

पश्चिम बंगाल र ओडिशामा पार्टीले सर्वश्रेष्ठ प्रदर्शन गरेको छ । चुनावी विजयपछि नरेन्द्र मोदीले दिल्लीमा रहेको भाजपा मुख्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै यो जित लोकतन्त्रको इतिहासको सबैभन्दा ठूलो घटना भएकाे बताउनुभयाे । उहाँले बदनियतले कुनै काम नगर्ने पनि प्रस्ट पार्नुभयाे ।  

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया