जीप दुर्घटनामा एक जनाकाे ज्यान गयाे, दुई जना घाइते

 जेठ १०, २०७६ शुक्रबार १२:१३:३ | हरि हुमागाईं

मकवानपुर - मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर-३ ,सिस्नेरीमा सडक दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ भने अरु दुई जना घाइते भएका छन् ।

विरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको बा २० च ४२७९ नम्बरको जीप सडकबाट तल खस्दा एक जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परी मृत्यु हुुनेमा भारतको मोतिहारी जिल्ला बस्ने ४५ वर्षीय कनैया साह रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमकार सिंहले बताउनुभयो ।

दुर्घटनामा भीमफेदी गाउँपालिका वडा नम्बर ५ बस्ने २० वर्षीय महेश भुलन(चालक) र भारतको बेतिया बस्ने २२ वर्षीय कनैयाकुमार साह घाइते भएको उहाँले बताउनुभयो । घाइतेहरुलाई उपचारको लागि बल्खुकाे बयाेधा अस्पतालमा लगिएको छ । लिची बोकेर काठमाण्डौ जान लागेको जीप दुर्घटनामा परेको हो ।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया