पाँचथर हत्याकाण्ड: भागेर ज्यान जोगाएकी सीताको जिम्मा प्रदेश सरकारले लियो

 जेठ १८, २०७६ शनिबार १७:२२:४८ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर - मिक्लाजुङ गाउँपालिका–३, आरुबाेटेमा भएको विभत्स हत्याकाण्डमा भागेर ज्यान जोगाएकी १२ वर्षीया सीता खजुमको सम्पूर्ण जिम्मा प्रदेश–१ को सरकारले लिएको छ ।

उनी गएको जेठ ६ गते राति २ घरमा भएको विभत्स हत्याकाण्डमा भागेर बाँच्न सफल भएकी थिइन् । प्रदेश–१ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोको पहलमा सीतालाई शिक्षा तथा पालनपोषणका लागि प्रदेश सरकारले जिम्मा लिएको हो । सीतालाई  सुनसरीको इटहरी उपमहानगरपालिका–१९ मा अवस्थित शहिद स्मृति आवासीय विद्यालयको कक्षा–९ मा भर्ना गरिएको प्रदेश सांसद सीता थेबेले बताउनुभयो ।

जेठ ६ गते राति भएको विभत्स हत्याकाण्डमा मामाघर बसेर पढ्दै गरेकी सीता भागेर बाँच्न सफल भएकी थिइन् । घटनामा सीता बस्दै आएकी मावली घरतर्फका बमबहादुर फियाकसहित हजुरआमा, कान्छि सानिमा र उनकी बहिनी आशिका खजुमको हत्या भएको थियो । यस्तै अर्काे घरतर्फका  ४१ वर्षीय धनराज शेर्मासहित उनका परिवारहरु ३६ वर्षीया श्रीमती जस्मिता फियाक, छोरीहरु ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया  योवना शेर्मा,  ८ वर्षीया मुना शेर्माको विभत्स हत्या गरिएको  थियो ।
९ जनाको ज्यान जानेगरी भएको हत्याकाण्डमा खजुमले भागरे ज्यान जोगाएकी थिइन् । भाग्ने क्रमम घाइते भएकी सीताको दमकमा रहेकाे लाइफ लाइन अस्पताल दमकमा उपचार भएको थियो ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया