डाक्टर केसीको स्वास्थ्य अवस्था गम्भीर, इमरजेन्सीमा उपचार हुँदै

 असार २०, २०७५ बुधबार १७:५५:२८ | नेत्र शाही

जुम्ला – अनसनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर भएपछि अस्पताल पुर्‍याइएको छ । 

अनसनस्थलमै केसीको स्वास्थ्य अवस्था गम्भीर भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीहरुले उठाएर एम्बुलेन्समा अस्पताल पुर्‍याएका छन । 

डाक्टर केसीलाई गाह्रो भएपछि अस्पताल ल्याइएको प्रतिस्ष्ठानका मेडिकल डाइरेक्टर डाक्टर पुजन रोकायाले जानकारी दिनुभयो । ‘एक्कासी मृगौलाको समस्या भएपछि कसैलाई सोध्ने कुरा भएन, अस्पताल पुर्‍यायाैँ, डाक्टर विनोद अर्यालले जानकारी दिनुभयो । 

डाक्टर केसीलाई कठिन भएपछि जीवन रक्षाका लागि भन्दै चिकित्सकहरुले अस्पताल पुर्याएको प्रतिष्ठान पुग्नुभएका सहायक प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढ्थापाले जानकारी दिनुभयो ।  

अहिले डाक्टर केसीको कर्णाली प्रतिष्ठानको इमरजेन्सीमा उपचार भैरहेको छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया