मलेसियन रिंगिट र बहराइन दिनारको भाउ बढ्यो

 जेठ २२, २०७६ बुधबार १०:३३:८ | उज्यालो सहकर्मी

काठमाण्डौ – बुधबार मलेसियन रिंगिट र बहराइन दिनारको भाउ केही बढेको छ भने अरु विदेशी मुद्राको भाउ स्थिर छ । 

आज बुधबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ५२ पैसा र बिक्रीदर १११ रुपैयाँ १२ पैसा तोकेको छ । हिजो पनि डलरको खरिददर ११० रुपैयाँ ५२ पैसा र बिक्रीदर १११ रुपैयाँ १२ पैसा नै थियो । 

यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ४७ पैसा र बिक्रीदर २९ रुपैयाँ ६३ पैसा छ । हिजो पनि रियाल १ को खरिददर २९ रुपैयाँ ४७ पैसा र बिक्रीदर २९ रुपैयाँ ६३ पैसा नै रहेको  थियो । 

आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ३५ पैसा र बिक्रीदर ३० रुपैयाँ ५२ पैसा तोकिएको छ । हिजो पनि खरिददर ३० रुपैयाँ ३५ पैसा र बिक्रीदर ३० रुपैयाँ ५२ पैसा नै  रहेको थियो ।

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ०९ पैसा र बिक्रीदर ३० रुपैयाँ २५ पैसा छ । हिजो खरिददर ३० रुपैयाँ ०९ पैसा र बिक्रीदर ३० रुपैयाँ २५ पैसा नै रहेको थियो।

मलेसियन रिंगिटको भाउ आज बुधबार केही पैसा बढेको छ । रिंगिट १ को खरिददर २६ रुपैयाँ ४७ पैसा र बिक्रीदर २६ रुपैयाँ ६२ पैसा छ । हिजो खरिददर २६ रुपैयाँ ४३ पैसा र बिक्रीदर २६ रुपैयाँ ५७ पैसा थियो ।

एक सयको खरिददर ९ रुपैयाँ ३४ पैसा र बिक्रीदर ९ रुपैयाँ ३९ पैसा रहेको छ । हिजो मंगलबार खरिददर ९ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९ रुपैयाँ ४० पैसा नै रहेको थियो । 

कुवेती दिनारको १ को खरिददर ३६३ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ६३ पैसा तोकिएको छ । हिजो मंगलबार पनि खरिददर र ३६३ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ३३ पैसा थियो ।

बहराइन दिनारको भाउ केही बढेको छ । बहराइन १ को खरिददर २९३ रुपैयाँ २६ पैसा र बिक्रीदर २९४ रुपैयाँ ८५ पैसा छ । हिजो खरिददर २९३ रुपैयाँ १५ पैसा र बिक्रीदर २९४ रुपैयाँ ७४ पैसा थियो ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया