बहराइन दिनार र कतारी रियालको भाउ बढ्यो

 जेठ २४, २०७६ शुक्रबार १०:५३:२१ | उज्यालो सहकर्मी

काठमाण्डौ – शुक्रबार कतारी रियाल र बहराइन दिनारको भाउ केही बढेको छ । अमेरिकी डलरसहित अरु विदेशी मुद्राको भाउ भने हिजोको तुलनामा केही घटबढ भएको छ । 

आज शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ५३ पैसा र बिक्रीदर १११ रुपैयाँ १३ पैसा तोकेको छ । हिजो खरिददर ११० रुपैयाँ ५२ पैसा र बिक्रीदर १११ रुपैयाँ १२ पैसा तोकेको थियो । 

यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ४७ पैसा र बिक्रीदर २९ रुपैयाँ ६३ पैसा छ । 

कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ३६ पैसा र बिक्रीदर ३० रुपैयाँ ५२ पैसा तोकिएको छ । हिजो पनि खरिददर ३० रुपैयाँ २३ पैसा र बिक्रीदर ३० रुपैयाँ ३९ पैसा रहेको थियो ।

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ०९ पैसा र बिक्रीदर ३० रुपैयाँ २६ पैसा छ । हिजो खरिददर ३० रुपैयाँ ०९ पैसा र बिक्रीदर ३० रुपैयाँ २६पैसा नै रहेको थियो।

रिंगिट १ को खरिददर २६ रुपैयाँ ४८ पैसा र बिक्रीदर २६ रुपैयाँ ६२ पैसा छ । हिजो खरिददर २६ रुपैयाँ ४७ पैसा र बिक्रीदर २६ रुपैयाँ ६२ पैसा थियो ।

वन एक सयको खरिददर ९ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९ रुपैयाँ ४१ पैसा रहेको छ । हिजो बिहीबार खरिददर ९ रुपैयाँ ३७ पैसा र बिक्रीदर ९ रुपैयाँ ४२ पैसा रहेको थियो । 

कुवेती दिनारको भाउ आज केही पैसा घटेको छ । कुवेती दिनारको १ को खरिददर ३६३ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ५७ पैसा तोकिएको छ । हिजो बिहीबार पनि खरिददर ३६३ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ६३ पैसा थियो ।

बहराइन दिनारको भाउ भने केही पैसाले बढेको छ । १ कुवेती दिनारको खरिददर २९३ रुपैयाँ १५ पैसा र बिक्रीदर २९४ रुपैयाँ ७४ पैसा छ । हिजो खरिददर २९३ रुपैयाँ ११ पैसा र बिक्रीदर २९४ रुपैयाँ ७० पैसा थियो ।


 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया