अफगानिस्तानलाई झड्का, मोहम्मद शहजादले विश्वकप गुमाउने

 जेठ २४, २०७६ शुक्रबार १६:५३:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी एकदिवसीय विश्वकप क्रिकेट खेलिरहेको अफगानिस्तानलाई झड्का लागेको छ ।

अहिलेसम्म खेलेका दुवै खेलमा पराजय व्यहोरेको अफगानिस्तानका विकेटकिपर तथा ओपनिङ ब्याट्सम्यान मोहम्मद शहजाद घाइते भएका छन् । घुँडामा लागेको चोटका कारण उनले विश्वकप गुमाउने छन् ।

वार्मअप म्याचमा घाइते भएका उनी ‘रिटायर्ड हर्ट’ हुँदै पेभेलियन फर्किएका थिए । उनी घाइते भएपछि अफगानिस्तानले इकराम अलीलाई टिममा ल्याएको छ ।

अफगानिस्तानले सार्वजनिक विश्वकपको आफ्नो तेस्रो खेलमा शनिबार न्यूजिल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । शाहजाद आक्रामक ब्याट्सम्यान रहेकाले उनको कमी अहिले पनि अफगानिस्तानलाई खड्एिको छ । पछिल्ला दुई खेलमा अफगानिस्तानको ब्याटिङ चल्न सकेको छैन ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया