मंगलबार रियाल, रिंगिट, दिर्हाम लगायतका सबै विदेशी मुद्राको भाउ बढ्यो

 जेठ २८, २०७६ मंगलबार १०:१७:५० | उज्यालो सहकर्मी

काठमाण्डौ – मंगलबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ बढेको छ ।

आज मंगलबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ १५ पैसा र बिक्रीदर १११ रुपैयाँ ७५ पैसा तोकेको छ । हिजो खरिददर ११० रुपैयाँ ८६ पैसा र बिक्रीदर १११ रुपैयाँ ४६ पैसा तोकेको थियो । 

यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ६४ पैसा र बिक्रीदर २९ रुपैयाँ ८० पैसा छ । हिजो सोमबार खरिददर २९ रुपैयाँ ५६ पैसा र बिक्रीदर २९ रुपैयाँ ७२ पैसा थियो । 

कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ५२ पैसा र बिक्रीदर ३० रुपैयाँ ६९ पैसा तोकिएको छ । हिजो खरिददर ३० रुपैयाँ ४५ पैसा र बिक्रीदर ३० रुपैयाँ ६१ पैसा थियो ।

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ २६ पैसा र बिक्रीदर ३० रुपैयाँ ४२ पैसा छ । हिजो खरिददर ३० रुपैयाँ १८ पैसा र बिक्रीदर ३० रुपैयाँ ३४ पैसा थियो ।  रिंगिट १ को खरिददर २६ रुपैयाँ ७० पैसा र बिक्रीदर २६ रुपैयाँ ८४ पैसा छ । हिजो खरिददर २६ रुपैयाँ ६५ पैसा र बिक्रीदर २६ रुपैयाँ ८० पैसा रहेको थियो । 

वन एक सयको खरिददर ९ रुपैयाँ ३७ पैसा र बिक्रीदर ९ रुपैयाँ ४२ पैसा रहेको छ । हिजो खरिददर ९ रुपैयाँ ३८ पैसा र बिक्रीदर ९ रुपैयाँ ४३ पैसा थियो । 

कुवेती दिनारको १ को खरिददर ३६५ रुपैयाँ ८० पैसा र बिक्रीदर ३६७ रुपैयाँ ७७ पैसा तोकिएको छ । हिजो खरिददर ३६५ रुपैयाँ २७ पैसा र बिक्रीदर ३६७ रुपैयाँ २५ पैसा थियो ।

बहाइन दिनार १ को खरिददर २९४ रुपैयाँ ८२ पैसा र बिक्रीदर २९६ रुपैयाँ ४१ पैसा छ । हिजो खरिददर २९४ रुपैयाँ ०२ पैसा र बिक्रीदर २९५ रुपैयाँ ६१ पैसा रहेको थियो ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया