विश्वकप क्रिकेट:पाकिस्तान टस जितेर अष्ट्रेलियाविरुद्ध बलिङ गर्दै

 जेठ २९, २०७६ बुधबार १५:१७:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी एक दिवसीय विश्वकपमा अहिले पाकिस्तान र अष्ट्रेलिया बीच खेल हुँदैछ जसमा पाकिस्तानले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ ।

आजको खेलमा पाकिस्तान टिममा एक खेलाडी परिवर्तन गरिएको छ । साहबको स्थानमा साहिन अफ्रिदी टिममा परेका छन् ।

आफ्नो पूरा सामर्थ्यका साथ अष्ट्रेलियाले गरेकाे बलिङ आक्रमण भारतविरुद्धको खेलमा दमदार देखिन सकेको थिएन । त्यसैकारण गएको बिहीबार ओभल मैदानमा ३ सय ५४ रनको लक्ष्य पछ्याउने क्रममा अष्ट्रेलियाका ब्याट्सम्यानले साविक विजेताको साख जोगाउन आफ्नो शतप्रतिशत प्रदर्शनको प्रयास गरेका थिए । तर, जवाफी पारीमा अष्ट्रेलियाकाे महत्वपूर्ण समयमा उसले विकेट गुमाइरहेको थियो । यद्यपी एलेक्स क्यारीको प्रदर्शनले सायद सबैको ध्यान खिचेको थियो ।

पुरै ब्याटिङ पंक्तिमा उनै एक जनाले च्याम्पियन शैलीमा रन बटुलेका थिए । एरोन फिन्चको टोली त्यही जितलाई निरन्तरता दिने अभियानमा हुनेछ ।

पाकिस्तान आफूमाथि लागेको ‘अप्रत्यासित टिम’को ट्यागमा खरो उत्रिएको छ र अहिलेसम्म प्रतियोगितामा त्यसको विपरीत प्रदर्शन गरिरहेको छ । उसले प्रतियोगिताको आफ्नो पहिलो खेलमा वेष्ट इण्डिजसँग लज्जास्पद ७ विकेटको हारपछि घरेलु टोली इंग्ल्याण्लाई १४ रनले पराजित गरेको थियो ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया