फिफा महिला विश्वकप : दक्षिण कोरियामाथि नाइजेरियाको जित

 जेठ ३०, २०७६ बिहिबार ७:२९:११ | एजेन्सी
unn.prixa.net

फिफा महिला विश्वकप फुटबलमा नाइजेरियाले पहिलो जित निकालेको छ । समूह एको खेलमा नाइजेरियाले दक्षिण कोरियामाथि २–० को जित निकाल्न सफल भएको हो ।

नाइजेरियाले पहिलो खेलमा नर्वेसँग पराजित भएको थियो । दक्षिण कोरियामाथि २–० को जित निकाल्दै समूहमा तीन अंक जोडेको छ । नाइजेरियाको जितमा दक्षिण कोरियाले एक गोल उपहार दिएको थियो ।

कोरियाकी डो योन किमले बल क्लियर गर्न नसक्दा आफ्नै पोस्टमा प्रहार गरेकी थिइन् । आत्मघाति गोल मार्फत अग्रता लिएको नाइजेरियाले ७५ औं मिनेटमा दोस्रो गोल गर्दै जित सुनिश्चित गरेको थियो ।

एसिस्ट लामिना ओसालाले गोल गर्दै २–० को अग्रता दिलाएकी हुन् । त्यसपछि थप गोल नभएपछि दक्षिण कोरिया फिफा महिला विश्वकपमा लगातार दोस्रो खेलमा पराजय हुन पुग्यो ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया