विश्वकप क्रिकेट : इंग्ल्याण्डले वेष्ट इण्डिजलाई ८ विकेटले हरायाे

 जेठ ३२, २०७६ शनिबार ६:४३:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

वेष्ट इण्डिजलाई हराउँदै इंग्ल्याण्ड आईसीसी विश्वकप अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । शुक्रबार भएको खेलमा इंग्ल्याण्डले वेष्ट इण्डिजलाई ८ विकेटले हरायो ।

वेष्ट इण्डिजले दिएको २१३ रनको सामान्य लक्ष्य इंग्ल्याण्डले ३३ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो । इंग्ल्याण्डको जितमा जो रुटले शतकीय योगदान दिए । आक्रामक ब्याटिङ गरेका रुटले अविजित १०० रन बनाए । उनले  ९४ बलमा १०० रन बनाएका थिए ।  रुटको विश्वकपमा यो दोस्रो शतक हो । यसअघि पाकिस्तानविरुद्धको खेलमा उनले १०७ रनको शतकीय पारी खेलेका थिए ।

त्यसअघि ओपन जोनी बेयरस्टाले पनि ४५ रन बनाएका थिए । पहिलो विकेटका लागि रुट र बेयरस्टाेले ९५ रनको साझेदारी गरे भने रुटले क्रिस वक्ससँग मिलेर पनि १०४ रनको साझेदारी गरे । वक्सले ४० रन बनाएका थिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको वेष्ट इण्डिजले ४४.४ ओभरमा सबै विकेट गुमाउँदै २१२ रन बनाएको थियो । वेष्ट इण्डिजका लागि निकोलस पुरनले सर्वाधिक ६३ रनकाे योगदान दिए भने सिमरन हेटमेयरले ३९ रन बनाए । क्रिस गेलले पनि ३६ रन बनाए ।

अन्य ब्याट्सम्यानको प्रदर्शन खराब रह्यो । वेष्ट इण्डिजका पाँच ब्याट्सम्यानले खाता पनि खोल्न सकेनन् ।

वेष्ट इण्डिजलाई सस्तैमा समेट्नका लागि जोफ्रा आर्चर र मार्क उडले तीन-तीन विकेट लिए भने जो रुटले दुई विकेट हात पारे ।

इंग्ल्याण्डले चार खेलबाट ६ अंक बनाउँदै दोस्रो स्थानमा उक्लिएको छ । अहिलेसम्म हार नव्यहोरेको न्यूजिल्याण्ड ७ अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।  वेष्ट इण्डिज भने चार खेलबाट तीन अंक जाेड्दै छैटाैं स्थानमा छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया