विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाको पहिलो जित, अफगानिस्तान ९ विकेटले पराजित

 असार १, २०७६ आइतबार ६:५३:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

दक्षिण अफ्रिकाले आईसीसी विश्वकपमा पहिलो जित हात पारेको छ । चार खेलमा जितविहीन रहेको दक्षिण अफ्रिकाले पाचौं खेलमा अफगानिस्तानलाई ९ विकेटले हरायो । दक्षिण अफ्रिकाले पहिलो जित निकालेपछि यो विश्वकपमा अफगानिस्तान जित निकाल्न नसक्ने एक्लो टिम बनेको छ ।

अफगानिस्तानले दिएको १२६ रनको लक्ष्य दक्षिण अफ्रिकाले २७.४ ओरभमा एक विकेट गुमाउँदै पूरा गर्‍यो । दक्षिण अफ्रिकाका लागि क्वीन्टन डि ककले ६८ रन बनाएका थिए । हसिम अमलासँग मिलेर डि ककले १०४ रनको साझेदारी गरेका थिए । हसिम अमलाले अविजित ४० रन बनाए ।

पहिला ब्याटिङ गरेको अफगानिस्तान ३४.१ ओभरमा १२५ रनमा अलआउट भयो । उसका तीन जना खेलाडीलेमात्र दोहोरो अंकको रन बनाउन सके । सर्वाधिक रन राशिद खानले बनाए । उनले २५ बलमा ६ वटा चौका हान्दै ३५ रन बनाएका थिए ।

ओपनर नुर अलि जद्रानले ३२ र हज्रतुल्लाह जजाईले २२ रन बनाउनु बाहेक अन्य कुनै खेलाडीले १० रन कटाउन सकेनन् ।

अफगानिस्तानलाई सस्तैमा रोक्नका लागि इम्रान ताहिरले चार विकेट लिए भने क्रिस मोरिसले तीन विकेट हात पारे । फेलुकवायोले दुई तथा कागिसो रबाडाले एक विकेट हात पारे ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया