पाकिस्तानविरुद्ध भारतकाे उत्कृष्ट सुरुवात, पहिलाे विकेटका लागि १३६ रनकाे साझेदारी

 असार १, २०७६ आइतबार १७:३९:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी विश्वकप क्रिकेटमा अहिले चिर परिचत प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीचको खेल भैरहेको छ । 

यो विश्वकपको सबैभन्दा ठूलो खेलका रुपमा हेरिएको खेलमा पाकिस्तानले टस जितेर बलिङ गरेको छ । टस हारेर ब्याटिङ गरिरहेको भारतले पनि सुरुवात उत्कृष्ट गरेको छ । 

शिखर धवन घाइते भएपछि ओपनिङ गर्न आएका केएल राहुल र रोहित शर्माले पहिलो विकेटका लागि १३६ रनको साझेदारी गरेका छन् । पहिलो विकेटको रुपमा अर्धशतक बनाएका केएल राहुल आउट भएर अहिले क्रिजमा विराट काेहली खेलिरहेका छन् । 

७८ बल खेल्दै ५७ रन बनाएका राहुल वहाब रियाजको बलमा बाबर आजमको हातबाट क्याच आउट भएका हुन् । राहुलले आफ्नो इनिङमा ३ चौका र २ छक्का प्रहार गरे । 

त्यस्तै अर्का ओपनर रोहितले शतक पूरा गरेका छन् । रोहितले ८५ बलमा शतक पुरा गरेका हुन् जसमा ९ चौका र ३ छक्का समावेश थियाे । भारत र पाकिस्तान विश्वकप क्रिकेटमा अहिलेसम्म ६ पटक भिडेका छन् । जसमा सबै खेल भारतले जितेको छ ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया