कुवेती दिनारको भाउ केही बढ्यो, अमेरिकी डलरसहित अरु विदेशी मुद्रा स्थिर

 असार २, २०७६ सोमबार १०:५८:४२ | उज्यालो सहकर्मी

काठमाण्डौ – सोमबार कुवेती दिनार बाहेक सबै विदेशी मुद्राको भाउ घटेको छ ।

नेपाल राष्ट्र बैंकले साेमबार एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ ३९ पैसा र बिक्रीदर पनि १११ रुपैयाँ ९९ पैसा तोकेको छ । आइतबार डलरको खरिददर १११ रुपैयाँ ९९ पैसा र बिक्रीदर पनि १११ रुपैयाँ ९९ पैसा थियो । 

यस्तै सोमबार साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ७० पैसा र बिक्रीदर २९ रुपैयाँ ८६ पैसा छ । आइतबार पनि खरिदर २९ रुपैयाँ ७० पैसा र बिक्रीदर २९ रुपैयाँ ८६ पैसा थियो ।

कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ५९ पैसा र बिक्रीदर ३० रुपैयाँ ७६ पैसा छ । आइतबार पनि कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ५९ पैसा र बिक्रीदर ३० रुपैयाँ ७६ पैसा नै थियो ।

आइतबार खरिददर ३० रुपैयाँ ३२ पैसा र बिक्रीदर ३० रुपैयाँ ४८ पैसा छ । हिजो दिर्हाम १ को खरिददर ३० रुपैयाँ ३२ पैसा र बिक्रीदर ३० रुपैयाँ ४९ थियो ।

यस्तै मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ७३ पैसा र बिक्रीदर २६ रुपैयाँ ८७ पैसा छ । हिजो रिंगिट १ को खरिददर २६ रुपैयाँ ७३ पैसा र बिक्रीदर २६ रुपैयाँ ८७ पैसा थियो ।

कोरियन वन १ सय वनको खरिददर ९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ९ रुपैयाँ ४४ पैसा छ । हिजो १ सय वनको खरिददर ९ रुपैयाँ ४० पैसा र बिक्रीदर ९ रुपैयाँ ४६ पैसा थियो ।

सोमबार कुवेती दिनारको भाउ केही बढेको छ भने बहराइन दिनारको भाउ घटेको छ ।

कुवेती दिनार १ को खरिददर ३६६ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ६२ पैसा पुगेको छ । हिजो कुवेत दिनार १ को खरिदरदर ३६६ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ४४ पैसा थियो । 

आज बहराइन दिनारको खरिददर २९५ रुपैयाँ ४६ पैसा र खरिददर २९७ रुपैयाँ ०५ पैसा छ । शुक्रबार यसको १ को खरिददर २९५ रुपैयाँ ५८ पैसा र खरिददर २९७ रुपैयाँ १७ पैसा थियो ।


 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया