८० हजार घुससहित इञ्जिनियर पक्राउ

 असार २५, २०७५ सोमबार १४:२५:१३ | बालकुमार शर्मा
unn.prixa.net

जाजरकोट – जाजरकोटमा सोमबार घुस लिएको रकमसहित अख्तियारले एक कर्मचारीलाई पक्राउ गरेको छ  ।

८० हजार घुससहित जिल्ला प्राविधिक कार्यालय जाजरकोटका जिल्ला इञ्जिनियर अन्जयकुमार देवलाई अख्तियारको टोलीले पक्राउ गरेको होे । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले इञ्जिनियर देवलाई साना सिंचाई आयोजनाको कार्य सम्पन्न प्रतिवेदन गराइदिने भन्दै उपभोक्ताबाट लिएको ८० हजार नगदसहित पक्राउ गरिएको अख्तियारका सूचना अधिकारी मेघनाथ सापकोटाले उज्यालोलाई जानकारी दिनुभयो ।

सुर्खेतबाट आएका  अख्तियारका प्रहरी नायव उपरीक्षक रविन्द्र खनाल नेतृत्वको टोलीले देवलाई सोमबार  बिहान उनकै कार्यकक्षबाट पक्राउ गरेको हो । यसबारेमा थप अनुसन्धान भैरहेको अख्तियारका सूचना अधिकारी सापकोटाले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

बालकुमार शर्मा

बालकुमार शर्मा जाजरकोटका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया