'स्टारलिङ्क' को इन्टरनेट सेवा शुरु गर्न एलन मस्क इन्डोनेसियाको ...
जेठ ६, २०८१ आइतबार
जुम्ला – जुम्लामा दश दिनदेखि अनसनमा रहेका डाक्टर गोविन्द केसीसँग प्रत्यक्ष प्रधानमन्त्रीको सचिवालयबाट टेलिफोन सम्पर्क गर्न खोज्दा हुन सकेन ।
डाक्टर गोविन्द केसीकाे अवस्था वुझ्न प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले सिधा फोन गर्न प्रयास गरे पनि डा. केसीलाई वोल्न कठिनाई भएकाले कुरा नभएको डा. केसीको साथमा रहेका उहाँका भाइ किशोर केसीले बताउनुभयो ।
डाक्टर केसीका भाइ किशोर केसीका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीका चिकित्सक टोलीका सदस्य तथा नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. दिलिप शर्माले अनसनरत डाक्टर केसीको स्वास्थ्य अवस्थाको बारेमा बुझ्न खोज्नु भएको थियो । तर बोल्न कठिनाई भएकाले डा.केसीसँग कुरा नभएको किशोरले बताउनुभयो ।
किशोरका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लासँग पनि प्रधानमन्त्री सचिवालय कार्यालयका प्रमुख राजनतिक सल्लाहकार विष्णु रिमालसहितले डा. केसीको अवस्थाको जानकारी लिन तथा आवश्यक सम्पर्क भैरहेको छ ।
यसैबीच डा. केसीको स्वास्थ्य अवस्था दिन प्रतिदिन कमजोर हुँदै गएको छ । उपचारमा खटिएका चिकित्सकहरुले दिउँसो ३ बजे निकालेको स्वास्थ्य अवस्थाको सूचनामा छातीको बीच भागमा दुखाई, कमजोरी चक्कर लाग्ने, वाकवाकी लाग्ने, मसंपेशी बाउँडिने, पिसाबमा किटोन प्लस ५, सेतो रक्तकोष क्रमिक घट्दै गएको, रगतमा चिनीको मात्रा घटदै गैरहेको, रगतमा म्याग्नेसियमको मात्रा घट्दै गएको, मुटुको चाल तलमाथि भैरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।