तलब नदिएपछि सुपरभाइजरको हत्या गरेको अभियोगमा मलेसियामा दुई नेपाली पक्राउ

 भदौ १७, २०७६ मंगलबार १७:२४:२८ | उज्यालो सहकर्मी

काठमाण्डौ – मलेसियामा सुुपरभाइजरको हत्याको अभियोगमा दुई नेपाली प्रक्राउ परेका छन् । प्रक्राउ पर्ने दुवै जना सेक्युरिटी गार्डका रुपमा कार्यरत नेपाली रहेको मलेसियन प्रहरीले जनाएको छ ।  

जलानमा रहेको एक अपार्टमेन्टमा सुपरभाइजर ५४ वर्षीय ली पोह मेङ को शव कर्मचारीको शौचालयभित्र थुनिएको अवस्थामा फेला पारेको थियो । 

दुई नेपाली भने घटना भएको अपार्टमेन्टबाटै पक्राउ परेका हुन । अर्का भारतीय नागरिकको भने खोजी भइरहेको छ । दुई नेपालीसहित ३ जना सेक्युरिटी गार्डले सुपरभाइजरलाई हेल्मेटले पटक पटक कुटेको सीसीटीभी फुटेजमा देखिएको थियो ।

‘तलब नदिएको भन्दै सुपरभाइजरको हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ,’ मलेसियन प्रहरीको भनाइलाई उद्धृत गर्दै ‘द स्टार’ले लेखेको छ । 

पक्राउ परेका नेपाली कामदारले आफ्नो नाम ‘डन’ बताए पनि वास्तविक नाम र नेपालको ठेगाना भने खुलाइएको छैन । 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया