प्रकाश दाहाल स्मृति कप भलिबल प्रतियाेगिताकाे उपाधि नेपाल पुलिस क्लबलाई

 असोज ४, २०७६ शनिबार १४:०:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रकाश दाहाल स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । फाइनलमा चीर-प्रतिद्वन्द्वी त्रिभुवन आर्मीलाई ३-० को सोझो सेटमा हराउँदै प्रहरीले उपाधि उचालेकाे हाे ।

चार दिन अगाडि हुने भनिएको फाइनल वर्षाका कारण शनिबारका लागि सारिएको थियो । आर्मीका मुख्य खेलाडी मानबहादुर श्रेष्ठ नभएको खेलमा आर्मीविरुद्ध पुलिसले पहिलो सेट २५–२२ ले जित्यो । दोस्रो सेटमा पनि पुलिसले आर्मीविरुद्ध फेरि २५–२२ ले आफ्नो पक्षमा पार्‍याे ।

खेलमा खासै तालमेल मिलाउन नसकेको आर्मीविरुद्ध पुलिस तेस्रो सेटमा एक समय २०–१९ को अवस्थामा थियो । दर्शकले खचाखच भएको फाइनलमा पुलिसले लगातार दुई अंक बटुल्दै २२–२० को अवस्थामा पुर्‍यायाे । तेस्रो सेटको अन्तिममा पुलिसले २५–२२ ले जित्यो । 

उपाधिसँगै पुलिसले ५ लाख रुपैयाँ जितेकाे छ भने उपविजेता नेपाल आर्मीले ३ लाख रुपैयाँ जितेकाे छ ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया