रोल्पामा बस दुर्घटना : २ जनाको ज्यान गयो

 असोज १३, २०७६ सोमबार १४:५०:३३ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – रोल्पाको सुनिल स्मृति गाउँपालिका–३, रुइनिबाङमा सोमबार बस दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ ।

रुइनिबाङ बजारको जीप पार्कमा फर्काउने क्रममा ब्याक गर्दा आर्शीवाद यातायात प्रा.लि.को ग १ ख ५५३७ नम्बरको बस लुङ्ग्री खोलामा खसेको हो ।

दुर्घटनामा लुङ्ग्री गाउँपालिका–३ का २२ वर्षीय चालक यामलाल घर्ती र लुङ्ग्री गाउँपालिका–२ का १८ वर्षीय यात्रु सूर्यलाल जीएमको घटनास्थलमै ज्यान गएको सुनिल स्मृति गाउँपालिका–३ का वडा सदस्य सुरेन्द्र थापाले जानकारी दिनुभयो ।

रुइनिबाङबाट लुङ्ग्री गाउँपालिकाको सिर्पका लागि छुट्ने तयारीमा रहेको बस यात्रु लिन जाने क्रममा ब्याक गर्दा खोलामा खसेको प्रहरीले जनाएको छ । बसमा अन्य यात्रु नभएको  प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया