सुरुङभित्र फसेका मजदुरको उद्धारका लागि सशस्त्र प्रहरीकाे टाेली घटनास्थलमा पुग्यो

 कात्तिक १८, २०७६ सोमबार १५:१३:४४ | डीबी बिष्ट
unn.prixa.net

बझाङ - बझाङको बुंगल नगरपालिकामा निर्माण भैरहेको कालंगा जलविद्युत आयोजनाको सुरूङभित्र फसेका मजदुरको उद्धारका लागि हेलिकप्टरमार्फत सशस्त्र प्रहरी टोली घटना स्थलमा पुगेको छ ।

सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट नौ जनाको उद्धार टोली सोमबार घटनास्थलमा पुगेको स्थानीय बासिन्दा मकरराज धामीले जानकारी दिनुभयो ।

विपद व्यवस्थापक र उद्धार तालिमप्राप्त प्रहरी निरीक्षकसहित गरी नौ जनाको टोली सोमबार  दिउँसो २ः३० बजे घटनास्थलमा पुगेको उहाँले जानकारी दिनुभयो ।आइतबार दिउँसो सुरुङभित्र पसेका ६ जनामध्ये दुई जना बाहिर निस्किन सफल भए पनि  चार जना भने सम्पर्क वहीन अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक(डीएसपी) गणेशबहादुर बमले बताउनुभयो ।

सुरुङभित्र गएका दुई जना सास फेर्न गाह्रो भएपछि बाहिर निस्किएका र चार जनाको अवस्था आइतबारदेखि अज्ञात रहेको बमले बताउनुभयो ।

अहिले उद्धारको प्रयास भइरहेको छ । सुरुङभित्रै रहनेमा दैलेखको गुराँस गाउँपालिका वडा नम्बर ३ का ३२ वर्षीय महेन्द्र शाही र कर्ण शाही, अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर ६ का २८ वर्षीय महेन्द्र साउद र बझाङको बुंगल नगरपालिका वडा नम्बर १ का ३५ वर्षीय शेरसिंह धामी रहेका छन् ।

घटनास्थलमा प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेयसँगै सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाका उच्च अधिकारीसहितको टोली खटिएको छ । 

सम्बन्धित समाचार


अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया