डा. केसीको जीवन रक्षाको माग गर्दै जुम्लामा राँको बालेर साउने संक्राति मनाइयो

 साउन २, २०७५ बुधबार ६:७:२७ | नेत्र शाही

जुम्ला – अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै जुम्लामा साउने संक्रान्ति मनाइएको छ । नागरिक समाज जुम्लाको अगुवाईमा मंगलबार साँझ मुख्य बजार बालमन्दिरमा कालो ब्यानर, प्लेकार्ड सहित प्रदर्शन गरिएको छ ।

डा. गोविन्द केसीको माग पूरा गर, कणाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा तुरुन्त एमबीबीएस सञ्चालन गर लगायतका नारा लेखेको ब्यानरसहित प्रदर्शन गरेर साउने संक्राति मनाइएको हो । 

उनीहरुले सरकारको सोंचमा भएको नराम्रो चिज सफा होस् र डा. गोविन्द केसीले उठाएका मागहरु पूरा हुन भन्ने कामना गर्दैै राँका बालेर बालमन्दिरमा आगो बालेका हुन । सरकारलाई ध्यानाकर्षण गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले जानकारी दिनुभयो । 

यता अनसनको १८ औं दिन भईसकेको डा. केसीको स्वास्थ्य अवस्था झ्न गम्भीर बन्दै गएको छ । चिकित्सकहरुले मंगलबार निकालेको स्वास्थ्य प्रतिवेदन अनुसार मुटुको चाल, श्वासप्रश्वास र रक्तचापमा तलमाथि भैरहेको छ ।  

रगतको प्रतिवेदनमा पनि पोटासियम, म्याग्नेसियम र  क्याल्सियमको मात्रा निकै घटेको छ । यसैगरी मुटुको गति तलमाथि तल भएको हुँदा जतिबेला पनि समस्या हुने डर भएको डाक्टरहरुले बताएका छन् । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया