केसीको जीवन रक्षाका लागि काठमाडौं ल्याउन आवश्यक : सरकार

अपहरणको शैलीमा लैजान खोजिएको केसीको प्रतिक्रिया

 साउन ३, २०७५ बिहिबार ११:२७:१८ | नेत्र शाही
unn.prixa.net

जुम्ला – डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर भएपछि उपचारका लागि काठमाडौं ल्याउन सरकारले हेलिकोप्टर जुम्ला पठाएको छ । केसीले आफूलाई अपहरणको शैलीमा काठमाडौं लैजान खोजिएको प्रतिक्रिया दिएका छन् । 

केसीको स्वास्थ्य अवस्था गम्भीर भएपछि सरकारले शिक्षासचिव र डाक्टरहरुको टोलीसहित नेपाली सेनाको हेलिकोप्टर पठाएको हो । टोलीमा कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाही र गृहमन्त्री नरेश भण्डारी पनि हुनुहुन्छ । उहाँहरुले भने गोविन्द केसीलाई जबर्जस्ती लिन नआएको र उहाँको स्वास्थ्य अवस्था बुझेर आवश्यक परेको खण्डमा केसीको इच्छाअनुसार नै काठमाडौं लैजाने उहाँहरुले प्रतिक्रिया दिनुभएको छ । उहाँहरुले केसीको जीवन रक्षाका लागि काठमाडौं ल्याउन आवश्यक रहेकाे पनि बताउनुभएकाे छ ।

डाक्टर केसी २० दिनदेखि अनसन बसिरहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रष्तिठानमा बाहिरका कसैलाई पनि प्रवेश दिइएको छैन भने अनसनस्थल सुरक्षाकर्मीले घेरेका छन् । सरकारी पक्षबाट अहिले उहाँसँग वार्ताको प्रयास भैरहेको छ । 
 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया