सिरहामा हात्तिकाे आक्रमणबाट एक बालकको ज्यान गयाे

 मंसिर २४, २०७६ मंगलबार ११:१४:५ | उज्यालो सहकर्मी
unn.prixa.net

सिरहा - सिरहामा हात्तिको आक्रमणबाट एक बालकको ज्यान भएको छ । एकजना घाइते भएका छन् ।

हात्तिको आक्रमणबाट घाइते भएका सिरहा मिर्चैया नगरपालिका ७ रामपुरका श्रमवण महतोका १० वर्षीय छोरा रविन्द्र महतोको उपचारको क्रममा ज्यान गएकोे हो ।

हात्ति आएको हल्ला सुनेर घर छोडेर सबै भागे पनि रातको समयमा रविन्द्र पछि परेकाले हात्तिले उनीमाथि आक्रमण गरेको थियाे । आक्रमणबाट सख्त घाइते महताेको गोलबजारस्थित एक निजी अस्पतालमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । 

हात्तिकै आक्रमणबाट गोलबजार नगरपालिका १० धर्मपुरका कङ्सलाल लामा घाइते भएका छन् । उनी शौचका लागि बाहिर निस्केका बेला हात्तिले आक्रमण गरेको बुझिएको छ ।

लामालाई थप उपचारको लागि धरान लगिएको गोलबजार प्रहरीले जनाएको छ । हात्तिले गोलजबार नगरपालिका ३ मुसहर्निया लवटोली, गोलबजार १० धर्मपुर, मिर्चैया ७ रामपुराका दर्जन घरहरु भत्काइदिएकाे छ ।  
 

 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया