आप्रवासी कामदार दिवसको अवसरमा धादिङमा वैदेशिक रोजगारीबारे वक्तृत्वकला प्रतियोगिता

 पुस १, २०७६ मंगलबार १८:१:५८

धादिङ – अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस अवसरमा धादिङमा वैदेशिक रोजगार अवसर र चुनौती विषयक वक्तृत्वकला प्रतियोगिता गरिएको छ ।

नीलकण्ठ नगरपालिकाकाद्वारा सञ्चालित सुरक्षित आप्रवासन सामी परियोजना अन्तर्गत सामी हेल्भेटास स्वीस इन्टरकोअपरेसन नेपालको साझेदारीमा मंगलबार प्रतियोगिता भएको हो ।

प्रतियोगितामा नीलकण्ठ नगरपालिकाभित्रका ७ वटा विद्यालयका कक्षा १० देखि १२ सम्म पढ्न् १४ जना विद्यार्थीको सहभागिता रहेको थियो । वक्ता विद्यार्थीहरुले वर्तमान समयमा वैदेशिक रोजगार अवसरका साथसाथै थप चुनौतीपूर्ण बन्दै गएकोप्रति विशेष जोड दिएका थिए ।

यसैगरी युवा जनशक्ति वैदेशिक रोजगारमा उन्मुख हुँदै जाने हो भने, हाम्रो देश केही दशकपछि बालबालिका र वृद्धवृद्धाको देशमा परिणत हुने भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका थिए ।

यस्ता चुनौती र समस्याहरु आउन नदिनको लागी नेपाल सरकारले दिगो विकासको अवधारणालाई आत्मसात गर्दै स्वदेशमै रोजगारीको अवसर सिर्जना गरी युवा लक्षित कार्यक्रमहरु संचालन गर्नुपर्ने सुझाव दिएका छन् ।

प्रतियोगितामा सिर्जना थापा प्रथम, आमोस तामाङ द्वितीय, दिपा ढकुरी तृतीय र सुनिल बिकले सान्त्वना पुरस्कार पाएका छन्।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया