सप्तरीको मलेठ घटनाबारे सार्वजनिक भएको प्रतिवेदनविरुद्ध राजपा नेपाल आन्दोलित

 साउन ४, २०७५ शुक्रबार १७:२७:३१ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – राष्ट्रिय मानव अधिकार आयोगले सप्तरीको मलेठ घटनाबारे सार्वजनिक गरेको प्रतिवेदनविरुद्ध राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आन्दोलन सुरु गरेको छ ।  

पूर्वाग्रही तवरले तयार पारिएको प्रतिवेदन खारेजीको माग गर्दै उनीहरुले शुक्रबार राजविराज–रुपनी सड खण्ड अन्तर्गत मलेठमा धर्ना बसेर एक घण्टा चक्काजाम गरेका हुन् ।

सुरक्षाकर्मीले बल प्रयोग गरेर घटाएको घटनाबारे छर्लङ्ग रहँदा पनि आयोगले पूर्वाग्रही तवरले प्रतिवेदन  तयार पारेको भन्दै त्यो खारेजी नभएसम्म आन्दोलन नरोकिने राजपाका महासचिव मनिष सुमनले चेतावनी दिनुभएको छ ।

उहाँले घटना घटाएका तत्कालीन सुरक्षाकर्मीलाई कारबाही र घटनालाई सत्यतथ्य उजागर गर्नुपर्नेमा माग गर्नुभयो । २०७३ साल फागुन २३ गते भएको मलेठ घटनामा प्रहरीले चलाएको गोली लागेर आनन्द साह, पिताम्वर मण्डल, विरेन्द्र महतो, इनर यादव र संजन मेहता गरी पाँच जनाको मृत्यु भएको थियो । आन्दोलनमा दर्जनौं व्यक्ति घाइते भएका थिए ।

प्रदर्शनकारीले राजनीतिकरहित उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेपछि सर्वोच्च अदालतका पूर्वन्यायाधीश ताहिर अली अन्सारीको संयोजकत्वमा एक उच्च स्तरीय छानबिन आयोग गठन गरेको थियो । छानबिन आयोगले तयार पारेको प्रतिवेदन राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेपछि आन्दोलन चर्किएको हो ।

आन्दोलनका कार्यक्रम अनुसार शुक्रबार दिउँसो सदरमुकाम राजविराजमा आयोगले तयार पारेको प्रतिवेदन जलाएर विरोध गरिएको थियो ।

सुरक्षाकर्मीले बल प्रयोग गरेर घटाएको घटनाबारे छर्लङ्ग रहँदा पनि आयोगले पूर्वाग्रही तवरले तयार पारेको प्रतिवेदन खारेजी नभएसम्म आन्दोलन नरोकिने राजपाका महासचिव मनिष सुमनले चेतावनी दिनुभएको छ ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया