जाजरकोटको जुनिचाँदेमा पहिरोले लियो २ जनाको ज्यान

 साउन ४, २०७५ शुक्रबार २१:१४:१४ | बालकुमार शर्मा

जाजरकोट – जाजरकोटको पश्चिम क्षेत्रमा पर्ने जुनीचाँदे गाउँपालिका–६ छिर्कमा बिहीबार राति आएको पहिरोले घर पुरिएपछि दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय भक्तबहादुर बुढाकी ५५ वर्षीया श्रीमति ललि बुढा र ९ वर्षीया नातिनी श्रृजना बुढा छन् ।

स्थानीय युवाहरुको सहयोगमा पहिरोमा पुरिएका ६१ वर्षीय भक्तबहादुर बुढालाई पुरिएकै अवस्थामा तत्काल उद्धार गर्न सफल भएको स्थानीयले बताएका छन् ।

घाईते अबस्थामा उद्धार गरिका बुढाको ढाँड, छाती र टाउकोमा गम्भिर चोट लागेता पनि बाेल्न सक्ने अवस्थामा  रहेको बताइएको छ ।

बुढाकी ७ वर्षीया नातिनी खिमा बुढा भाग्ने क्रममा पेटमा भित्री चोट लागेर गम्भिर घाईते भएकी छिन् । 

१३ बर्षिय नाती पारस बुढा भने सामान्य घाइते भएका छन् । घाईतेहरुको  जाजरकोट जिल्ला अपस्तालमा उपचार भैरहेको छ ।

गएको वर्ष भाइरल र सिजनल फुलुले सताएको यस गाउँमा पहिरोले पिउने पानीको मुहानमा समेत असर गरे पछि फोहोर पानी पिउनु पर्ने बाध्यता रहेको स्थानीयले बताएका छन् ।
 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

बालकुमार शर्मा

बालकुमार शर्मा जाजरकोटका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया