रुकुममा विद्यार्थी बोकेको ट्र्याक्टर दुर्घटना : एकको ज्यान गयो, २० जना घाइते

 पुस २०, २०७६ आइतबार १४:१०:१४ | राजु लामिछाने
unn.prixa.net

फाइल तस्बिर

रुकुम - त्रिवेणी गाउँपालिका दलुगैराखोलामा विद्यार्थी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ भने २० जना घाइते भएका छन् ।

शनिबार बेलुका साढे नौ बजे लु ३ त ९०९५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक विद्यार्थीको ज्यान जानुका साथै अन्य १६ विद्यार्थीसहित २० जना घाइते भएका हुन् । 

गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता खेलेर फर्किरहेका विद्यार्थी बोकेको ट्याक्टर दुर्घटना भएको हाे । प्रहरीका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा त्रिवेणी गाउँपालिका-५ मा रहेकाे विद्या विकास माविमा कक्षा-८ मा १७ वर्षीय छात्र दलबहादुर विक रहेका छन् ।

दुर्घटनामा विद्या विकास मावि र ४ नम्बर वडाको अन्धनाशक मावि खुम्चेरीका १६ विद्यार्थी तथा बाजा बजाउन गएका ४ जना स्थानीय घाइते भएका छन् । घाइतेमध्ये ३ विद्यार्थी र एक जना बाजा बजाउने (वाद्यवादक) को अवस्था गम्भीर रहेकाले उनीहरुलाई नेपालगञ्ज रिफर गरिएको छ ।

गम्भीर घाइते त्रिवेणी गाउँपालिका-४ का १४ वर्षीय कमल परियार, १५ वर्षीय कुलबहादुर केसी, १८ वर्षीय दीपेन्द्र परियार र रनिङ शिल्डमा बाजा बजाउन गएका ३१ वर्षीय वाद्यवादक वीरेन्द्र दमाईलाई नेपालगञ्ज रिफर गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाँकी १६ जनाको जिल्ला अस्पताल सल्ले र त्रिवेणी-२, का स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक कविराज रोकायका अनुसार ट्र्याक्टर सडकभन्दा झण्डै २५ मिटर तल खसेको थियाे । दुर्घटनाको कारण अझै खुलेको छैन भने चालक गणेश परियार फरार रहेको प्रहरी निरीक्षक रोकायाले बताउनुभयाे ।

त्रिवेणी गाउँपालिकाले ७ नम्बर वडाको साधारण मावि मुरुडाँडामा यो वर्षको राष्ट्रपति रनिङ शिल्ड आयोजना गरेको थियो । शिल्ड समापनछि घर फर्किने क्रममा विद्यार्थीहरु रात परेपछि दुई वटा ट्र्याक्टरमा चढेका थिए ।
 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया