केही बदमासले गलत हल्ला फैलाउँदा नेपालकै बेइज्जत भयो : पर्यटनमन्त्री भट्टराई (अडियो कुराकानीसहित)

 पुस २२, २०७६ मंगलबार २०:९:४९ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डाै - संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले आफूलाई बदनाम गराउन भएका हर्कतले देशकै बेइज्जत भएको बताउनुभएको छ ।

अस्ट्रेलियामा नेपाल भ्रमण वर्षको शुभारम्भ गर्न गएका मन्त्री भट्टराईलाई सुरक्षाकर्मीले रोकेको खबर सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएपछि उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो ।

सिड्नीको ओपेरा हाउसमा नेपाल भ्रमण वर्षसहितका ब्यानर बोकेर जाँदै गर्दा त्यहाँका सुरक्षाकर्मीले रोकेका प्रत्यक्षदर्शीले बताएका छन् । तर ओपेरा हाउसभित्र जाँदा झण्डा र ब्यानरसहित जान नपाउने भएकाले सुरक्षाकर्मीले झण्डा र ब्यानर मात्र रोकेको अस्ट्रेलियामा रहेको नेपाली दूतावासले जनाएको छ ।

अस्ट्रेलियामा रहेका मन्त्री भट्टराईले उज्यालोसँग कुरा गर्दै सुरक्षाकर्मीले रोकेको भन्ने हल्ला पूर्णरुपमा गलत भएको र यस्तो हल्लाका कारण देशकै बेइज्जत भएको बताउनुभयो । उहाँले आफूलाई बदनाम गर्ने नियतले केही बदमासले फैलाएका हल्लाले नेपालको बदनाम भएको र अस्ट्रेलिया र नेपालबीचको सम्बन्धमा दरार ल्याउन कोशिस गरेको बताउनुभयो । 

अस्ट्रेलियामा ठूलो विपद् परेको बेला अहिले नै त्यहाँ नगएको भए हुँदैनथियो? भन्ने उज्यालोको प्रश्नमा अस्ट्रेलियामा रहेका मन्त्री भट्टराईले भन्नुभयो, ‘हाम्रो कार्यक्रममा यहाँकै सरकारले हामीलाई स्वागत गरेका छन्, सरकारका प्रतिनिधि आएर हाम्रो कार्यक्रममा बोलिरहेका छन्, अष्ट्रेलियाले जनवरी १ मा भव्य ढंगले नयाँ वर्ष मनाएको छ, अहिले म यहाँ आउँदा के फरक पर‍्‍‍‍यो ?’

उहाँले अस्ट्रेलियाले आगलागीबाट भोग्नुपरेको दुःखबारे नेपाल सरकार बोलेको, आफूले मंगलबार सम्बोधनका क्रममा पनि दुख व्यक्त गरेको र भ्रमण वर्षको कार्यक्रमका दौरान पनि अस्ट्रेलियामा भएको दुःखमा सहानुभूति दिइएको उहाँले बताउनुभयो । 

अस्ट्रेलियामा रहेका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईसँग अर्जुन पोख्रेलले गरेको अडियो कुराकानी सुन्नुहोस् : 

 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया